arrow

मोटरसाइकल ठक्करबाट झापामा दुईको मृत्यु

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
Jhapa-hamrakura.jpg.jpeg
सुरुङ्गा (झापा)। झापाको विर्तामोड–भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा बाहुनडाँगी– २ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। विर्तामोडबाट भद्रपुर तर्फ जाँदै गरेको मे४प ८६८२ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिएको र उनको उपचारका क्रममा बिएन्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए।
 
बालकलाई दुई दिनअघि उक्त मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 
उता बिहीबार साँझ झापाको शनिश्चरेमा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका– ८ कालिस्थान निवासी २० वर्षीया उषा रिजाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
 
बा७३प ६३० नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको र उपचारका लागि विर्तामोडस्थित विएन्डसी हस्पिटल पुर्‍याइए पनि उपचारकै क्रममा राति मृत्यु भएको बताइएको छ।
 
चालक र सवारीलाई आज बिहान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक जनार्दन घिमिरेले जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ