arrow

सहयोगीमा कोरोना देखिएपछि एक साताका लागि नगर कार्यालय बन्द

logo
प्रकाशित २०७७ असोज ९ शुक्रबार
corona-test-kit.jpg

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालय शुक्रबारदेखि एक साताका लागि बन्द गरिएको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गरी शुक्रबारदेखि यही असोज १५ गतेसम्मका लागि कार्यालय सिल गरिएको जनाएको छ । 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जारी गरेको सूचनाअनुसार नगरपालिकाबाट प्रवाह हुने शिक्षा स्वास्थ्य, कृषि, पशुलगायत नगरपालिका वडा नम्बर ८ बाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।
    
 गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणअनुसार कञ्चनरुप–८ बस्ने कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएका कार्यालय सहयोगीका दुई छोरी र सँगै कार्यरत अर्का कार्यालय सहयोगीको पिसिआर परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएको र अन्य कर्मचारीको आगामी मङ्गलबार स्वाब संकलन गरिने जानकारी खड्काले दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ