arrow

प्रेस युनियन पर्साको अधिवेशन; कुर्मीको अध्यक्षतामा नयाँ कार्यसमिति

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
union-parsa.jpg.jpeg
पर्सा। नेपाल प्रेस युनियन पर्सा शाखाका केन्द्रिय पार्षद र साधारण सदस्यहरुको भेलाले रामनारायण कुर्मीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिती सर्वसम्मत रुपमा चयन गरेको छ। भेलाले जिल्ला कार्यसमितिको उपाध्यक्षमा विजय चौहान, सचिवमा उदयदास थारु, सहसचिवमा निलिमा पौडेल, कोषाध्यक्षमा राम कुशवाहा र सदस्यहरुमा दिपक ठाकुर, मनोज साह, हेमन्त तामाङ्ग, प्रकाश तिवारी, रामप्रवेश चौधरी, श्याम कुशवाहा, सिमा श्रीवास्तव, मनिषा श्रेष्ठ, विमला गुप्ता, ईरफान अलिलाई सर्वसम्मत रुपमा चयन गरेको हो। यसैगरि अधिवेशनले वरिष्ठ सल्लाहकारमा निवर्तमान अध्यक्ष पुरुषोत्तम सिंह भट्टराई र सल्लाहकारहरुमा ओमप्रकाश खनाल, पंकज श्रेष्ठ, क्रान्ती साह, लालकिशोर सिंह र अजय यादवलाई चयन गरेको छ। नयाँ कार्यसमिति चयन भएसँगै निवर्तमान शाखा अध्यक्ष पुरुषोत्तम सिंह भट्टराईले नवनिर्वाचित कार्य समितिका अध्यक्ष रामनारायण कुर्मी लाई माईन्युट बुक, चेक लगायत महत्वपुर्ण कागजातहरु हस्तान्तरण गरे। सो अवसरमा नवनिर्वाचित कार्य समितिले निवर्तमान अध्यक्ष पुरुषोत्तम सिंह भट्टराईलाई प्रेस युनियन पर्सालाई नेतृत्वदायि भूमिका निर्वाह गरेको भन्दै खादा ओढाएर सम्मान गरेको थियो ।  
 
नेपाल प्रेस युनियनको केन्द्रिय समितिले पर्सा जिल्लाको अधिवेशन गर्न नारायणी अञ्चल समिति संजय कार्की र मधेश विभागका संयोजक एवम केन्द्रिय सदस्य विजय कुशवाहालाई दिएको जिम्मेवारी अनुसार जेष्ठ १३ गते नेपाल प्रेस युनियन पर्सा शाखाको ७ औं अधिवेशन भएको हो। स्थानिय कुमु प्यालेसमा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाको प्रमुख आतिथ्यतामा उदघाटन सत्र भएको थियो। बन्द सत्र युनियनका नारायणी अञ्चल समिति संयोजक संजय कार्की, मधेश विभागका संयोजक एवम केन्द्रिय सदस्य विजय कुशवाहा, केन्द्रिय सदस्य प्रकाश अधिकारी र नेपाल डेमोक्र्याटिक लयर्स एसोशिएसन पर्साका प्रतिनिधि अधिवक्ता केशवलाल केशरीको उपस्थितीमा भएको थियो। 
 
सोही भेलामा नेपाल पत्रकार महासंघ पर्सा शाखाका सहसचिव तथा एबीसी टेलिभिजनका पर्सा सम्वाददाता शेखर छतकुली, भोजपुरी टाईम्स दैनिकका प्रबन्ध निर्देशक श्रवण साह र एन.पी.डेली न्युज अनलाईनका फोटो पत्रकार दिपक चौरसिया प्रेस युनियनमा प्रवेश गरेका थिए। उनीहरुलाई काँग्रेस नेता चौरसियाले टीका लगाई स्वागत गरेका थिए। 
 
उखान टुक्काले देश चल्दैनः चौरसिया
कार्यक्रममा चौरसियाले देश जटिल मोडमा पुगेको हुँदा अहिलेको अवस्थामा प्रेसको भुमिका महत्वपुर्ण रहेकोले पत्रकारहरु सधै सजग रहनु पर्नेमा जोड दिए। नेपाल प्रेस युनियनको २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा वीरगंजको होटल कुमु प्यालेसमा आयोजित वर्तमान अवस्थामा प्रेसको भुमिका विषयक बिचार गोष्ठी तथा प्रेस युनियन पर्सा शाखाको ७ औ जिल्ला अधिवेशनको  उदघाटन मन्तव्य दिदै चौरसियाले उखान टुक्काले देश नचल्ने र मधेशको समस्या समाधान गरी देशलाई निकास दिनु अहिलेको पहिलो आवश्यकता भएको कुरामा जोड दिए। उनले चीन र भारतसँग सम्बन्ध बिगारेर होईन बरु सम्बन्ध राम्रो बनाएर शान्ति र स्थिर नेपालको परिकल्पना गर्नु पर्नेमा जोड दिए। 
 
उदघाटन समारोहमा सांसद अनिल रुगटाले आर्थिक सम्बृद्धि र विकासलाई प्रमुख एजेण्डा बनाएर देश विकासमा अगाडी बढाउनु पर्नेमा अहिलेको सरकारले त्यसो गर्न नसकेको हुँदा यस तर्फ प्रेसले विशेष भूमिका खेल्नु पर्ने कुरामा जोड दिए। कार्यक्रममा नेपाली कांग्रेसका पुर्व सांसद अजय द्विवेदीले लोकतन्त्र जीवन पद्धतीको अंग बन्नुपर्ने बताए। उदघाटन समारोहमा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं मधेस विभाग प्रमुख विजय कुशवाहा, नेपाल पत्रकार महासंघका मध्यमाञ्चल संयोजक शितल महतो, पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा लगायतकाले मन्तब्य व्यक्त गरेका थिए। 
 
कार्यक्रममा प्रेस युनियनका नारायणी अंचल संयोजक तथा केन्द्रिय पर्यवेक्षक संजय कार्की, केन्द्रिय सदस्य प्रकाश अधिकारी, पुर्व केन्द्रिय सदस्य दिपेन्द्र चौहान, केन्द्रिय पार्षदहरु अशोक तिवारी, रामराज्य यादव, शंकर खतिवडा, रामनारायण कुर्मि, रितेश त्रिपाठी, प्रेस युनियन रौतहट शाखाका अध्यक्ष यादवराज पुरी, बारा शाखाका अध्यक्ष गणेश रिजाल, नेपाली कांग्रेस पर्साका सचिव अशोक जयसवाल, क्षेत्रिय अध्यक्षहरु विजय सर्राफ, अरविन्द गुप्ता, नेविसंघका केन्द्रिय सदस्य इम्तियाज आलम, नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष लक्ष्मण प्रसाद कुर्मी, नेपाल निजामती कर्मचारी युनियन संघ पर्साका अध्यक्ष सच्चितानन्द सिंह, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु प्रेमचन्द्र दुवे, प्रकाश उपाध्याय, तरुण दलका पर्सा अध्यक्ष विरेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ