arrow

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

logo
प्रकाश बम,
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
durghatana.jpg.jpeg
डोटी । ट्रयाक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । डोटीको चवारा चौताराबाट दिपायल तर्फ आउदै गरेको से १ त ६६४५ नम्बरको ट्रयाक्टर तिखात्तर गाविस ६ सेलपाखा भन्ने ठाउँमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । ट्रयाक्टर दुर्घटनामा परी कैलाली जोशीपुर गाविस–९ का ४० वर्षीय चालक चन्नु राम डगौरा (चौधरी)को मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । 
 
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको छ । कच्चि सडकमा ट्रयाक्टरको ब्रेकफेल वा भिरालो सडक भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । ट्रयाक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको जनाएको छ । शव बुझ्न आफन्त आइरहेको प्रहरीले जनाएको छ । घटना जिल्ला सदरमुकाम बाट झण्डै ४० किलोमिटर टाढा रहेको छ ।
 
कच्चि सडकमा दुर्घटना महिना पिच्छे भइरहदा सम्बन्धित निकायको खासै ध्यान जान नसकेको स्थानियहरु बताउँछन् । पटक–पटक यसरी कच्चि सडकमा दुर्घटना भएपनि सडकको स्तरोन्नतीतर्फ कसैको ध्यान समेत नगएको उनिहरुले बताएका छन् । ‘जब पर्यो राति, तब बुढी ताती’ को उखान जस्तै भइरहेको स्थानियले बताएका छन् । गएको चैत महिनाको अन्तिममा कच्चि सडकमा मोड साघुरो भएकै कारण भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ