arrow

एउटा बाख्राले बदलिदिएको पम्फीको जीवन...

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
goat-rukum.jpg.jpeg
रुकुम। रुकुमको गोतामकोट गाविस वडा नं. ९ की पम्फी वि.क.को परिवारमा दुई वर्ष पहिले साँझ विहानको छाक कसरी टर्ने भन्ने समस्याले सताउने गथ्र्यौ। चार बर्ष पहिले आफ्ना श्रीमानमो मृत्यु भएपछि ४ छोराछोरीको स्यहारसुसार गर्न र उनिहरुलाई विद्यालयमा पठाउनको लागी आवश्यक पर्ने सबै खर्च उनीले नै जुहार गर्नुपर्ने थियो। अन्न उत्पादनको लागि आफ्नो जग्गा नभएपछि उनीलाई साँझ विहानको छाक टार्नको लागी दिनभर अर्काको काम गर्नुको विकल्प थिएन्। 
 
तर दुई वर्ष पहिले पम्फीको वडामा जिल्ला विकास समिति रुकुम अन्तरगत पश्चिम उच्च पहाडी गरिवि निवारण कोष (उपाप) द्धारा गठन भएको सामुदायिक संस्थामा उहाँ पनि सदस्य बनिन्। संस्थाको सदस्य बनेपछि पम्फीको आर्थिक विकास सहयोग पुर्‍याउने उद्धेश्यले उपापले एउटा बाख्रा सहयोग गरेको थियो।
 
त्यहि बाख्रा पालेर अहिले उहाँले नगद ३० हजार रुपौयाँ जम्मा गरीसक्नुभएको छ। दुई वर्ष पहिले बाख्रा पालन सुरु गरेकी उनीले अहिले साँझ विहानको छाक टार्न निकै सहज हुनुका साथै छोराछोरीलाई विद्यालय पढाउन पनि कुनै समस्या नभएको पम्फीले बताइन्। “पहिला साँझ विहान खाना खान र छोराछोरीलाई स्कुल पढाउन निकै समस्य हुन्थ्यो” पम्फीले भनिन्, “मलाई सरहरुले एउटा बाख्रा दिनुभयो अहिले त्यही बाख्रा पालेर ५ वटा बाख्रा बनाएको छु अरु दुई वटा बाख्रा विक्रि गरेर ३० नगद समेत बचाएर जम्मा गरेकी छु।"
 
” हाम्रो जग्गाजमीन कुनै केहि नभएपछि पहिले निकै समस्या हुने गथ्र्ये त्यसमा पनि श्रीमानको मृत्यु भएपछि त्यो सबै समस्या मलाई नै हुने गर्‍यो पम्फीले थपिन्, सरहरुले बाख्रा सहयोग गरेपछि अहिले त त्यही बाख्रा बेचेर घरधन्दा चलाई रहेको छु र छोराछोरीलाई विद्यालयमा लाग्ने सबै शुल्क, कापि कलम, विद्यालय पोषक किन्नको लागि पनि केहि समस्या हुने गरेको छैन् निकै सहज भएको छ।
 
पम्फीका दुई छोरा र दुई छोरी रहेका छन्। आफ्नो कार्यक्रम सञ्चालन भएका जिल्लाका विभिन्न ठाउँमा रहेका अति विपन्न परिवारलाई उनिहरुको चाहाना अनुसार आर्थिक विकासमा सहयोग पुर्‍याउने उद्धेश्य अनुसार पम्फीको परिवार पनि अति विपन्न रहेका कारण उनिको आर्थिक विकासमा सहयोग गर्न आफुहरुले बाख्रा सहयोग गरेको र त्यो बाख्राबाट अहिले उनलाई निकै राम्रो भएको उपाप रुकुमका अनुगमण तथा मुल्याङ्कन अधिकृत गोकर्ण खड्काले बताए।
 
यसका साथै बाख्रा पालन राम्रो गरेपछि अहिले उहाँलाई बाख्राको गोठ सुधारको लागी ५० हजार रुपैयाँ पनि सहयोग गरेको र त्यसबाट पनि उनले नमुना बाख्राको गोठ बनाएको खड्काको भनाई छ।अहिले पम्फीको घर भन्दा पनि बाख्रा राख्ने गोठ  राम्रो रहेको छ।
 
कार्यक्रम लागु भएका गाविसमा रहेका अति विपन्न परिवारका मानिसलाई छनौट गरेर उनिहरुको आर्थिक विकासको लागि आफुहरुले सक्दो सहयोग गरिरहेको उपाप रुकुमका जिल्ला कार्यक्रम संयोजक भिम के.सी. बताए।
 
त्यसै मध्ये पम्फी पनि गोतामकोट गाविसमा अति विपन्न परिवारको रहेका कारण उनलाई बाख्रा र बाख्रा राख्ने गोठको सहयोग गरिएको उनको भनाई थियो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ