arrow

सुनकोसीमा मरे ५० बाख्रा

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
goat-farming.jpg

सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–७ मा  धमाधम किसानका बाख्रा मर्न थालेका छन् ।  बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताए । 

“कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ”,  तिमल्सिनाले भने, “गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन ।” पिपिआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

 गाउँपालिकाले सबै वडामा गरी  नौ  गाउँ प्रहरी राखे पनि  किसानका बाख्रा धमाधम मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन सकेको छैन । 

गाउँपालिकाको पशु सेवा शाखामा एक मात्र कर्मचारी छन् । पछिल्लो दुई सातामा कापिङमा स्थानीयवासी सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ४० बढी बाख्रा मरेको छ । “मेरो आफ्नै खोरका नौ वटा बाख्रा मरिसकेको छ”, सानुले भने ।

स्थानीयवासीले पशु चिकित्सक पठाइदिन पटक पटक आग्रह गरेपछि गाउँपालिकाले बनेपाबाट दुई चिकित्सक झिकाएर रोग परीक्षणका लागि पात्ले र  कापिङ क्षेत्रमा पठाएको उहाँले बताए  । परीक्षण गर्दा रोग पहिचान नभएको र पिपिआरसँग मिल्दो लक्षण देखिएको गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ