लोकप्रिय नेता खरबिन्दको मृत्यु, एक महिनामै नगरले गुमायो दुई वडाध्यक्ष
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ असोज ११ आइतबार
712
Shares
कपिलवस्तु । कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं १० का वडाध्यक्ष त्रिलोकी खरबिन्दको मृत्यु भएको छ। साविक चेतरादेई गाविस हालको वडा नं. १० का वडाध्यक्ष रहेका खरविन्दको उपचारको क्रममा निधन भएको हो।
खरविन्द बडामा लोकप्रिय नेताको रुपमा परिचित थिए । उनको बिहान ४ बजे निधन भएको परिवारले जनाएका छन् । यसै विच बडा अध्यक्ष खरविन्दको निधनले सिगो नगरलाईनै अपुरणिय क्षती भएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताएका छन् ।
वडा तथा नगरको विकामा अग्रपंतिमा रहेर काम गरेका खरबिन्दको निधनले आफूहरु दुखी भएको भन्दै नगरपालिकाले शोक विज्ञप्ती जारी गरेको छ । प्रमुख श्रेष्ठद्वारा जारी विज्ञप्तीमा वडा अध्यक्षको निधन प्रति दुःख व्याक्त गदै मृतक आत्माको चिरशान्तिको कामना गदै परिवारजनमा समवेदना प्रदान गरिएको छ ।
यता एक महिना अगाडी भाद्र १४ गते बडा नं ७ का राजेश्वर सिंहको पनि निधन भएको थियो । दीर्घ रोगी रहेका सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो । सिंह नेपाली काग्रेसबाट निवाचित थिए।