arrow

करणीपछि हत्या गरिएकी बालिकाका पक्षमा न्याय माग्दै प्रर्दशन

logo
प्रकाशित २०७७ असोज ११ आइतबार
Bajhang-hamrakura-new.jpeg

बझाङ । मष्टा गाउँपालिका वडा नं २ की १२ वर्षीया बालिका सम्झना कामीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा आइतबार पनि अधिकारकर्मी र विद्यार्थी सङ्गठनले प्रर्दशन गरेका छन् ।

उनीहरुले ‘न्याय कहिले पाउने ?’ भन्दै प्रश्न गरेका छन् । बुधबार साँझ घरबाट गोठमा हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै मृत्यु भएको थियो ।

घटनामा संलग्न भएको आशंकामा अन्दाजी २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा यस अघि पनि अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ ।

 सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन् । घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । बझाङको मष्टा–२ की १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । 

जिल्ला अस्पताल बझाङमा गरिएको शवपरीक्षण प्रतिवेदनअनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने सबै तथ्य प्रमाण हेर्दा बोहोरा नै दोषी रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ