arrow

गाउँपालिकाको बजेट पास गर्न युवाको संघर्ष

logo
प्रकाशित २०७७ असोज १२ सोमबार
Kalinchok_Gaunpalika1.png

दोलखा । आर्थिक वर्ष शुरु भएको तीन महिना बित्नै लाग्दा पनि कालिञ्चोक गाउँपालिकाले आर्थिक वर्ष २०७७–०७८ को बजेट पास नगरेको भन्दै स्थानीय युवाहरुले प्रदर्शन गरेका छन् । गाउँपालिकाका करिब २ सय युवाले आइतबार विभिन्न मागसहित कार्यालयमा एक घण्टे धर्ना गरेका हुन् । 

गाउँपालिकाको स्थायी केन्द्रको विषयमा भएको विवादलाई लिएर अहिलेसम्म बजेट पास भएको छैन । यो गाउँपालिकावासीको लागि ठूलो क्षति हो भन्दै आन्दोलन गर्न वाध्य भएको आन्दोलनका अगुवा महेश खरेलले बताए ।

जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दासमेत स्थायी केन्द्रको निश्चित नहुनु अनि यही विषयलाई लिएर बजेटसम्म पास नभएपछि युवाहरुले संघर्ष समिति नै गठन गरेर चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका संघर्ष समितिका अगुवा खरेलको भनाइ छ । 

 युवाहरुले पहिलो चरणमा जनप्रतिनिधिलाई एसएमएस अभियान, १० बुँदे माग राखेर मागपत्र बुझाउने काम, ४८ घण्टे अल्टिमेटम सहितको ज्ञापनपत्र, विवाद होइन, विकास चाहन्छौं जस्ता फेसबुक अभियान सञ्चालन गर्दा पनि सुनुवाई नभएपछि आइतबार स्वास्थ्य मापदण्ड अपनाउँदै १ घण्टे धर्ना कार्यक्रम गरेका छन् ।  

माग पूरा नभएसम्म चरणवद्ध आन्दोलन गरिरहने कालिञ्चोक गाउँपालिका युवा संघर्ष समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ