arrow

हुम्लामा चिनियाँ अतिक्रमणविरुद्ध दूतावास अगाडि प्रदर्शन, छ पक्राउ

logo
प्रकाशित २०७७ असोज १२ सोमबार
protest-anti-china2.jpg

काठमाडौं । हुम्लामा भएको चिनियाँ अतिक्रमण विरुद्ध चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । नेपाली कांग्रेसका युवा नेता कुन्दन काफ्लेको नेतृत्वमा सोमबार बिहान उक्त प्रदर्शन भएको हो । 

चिनियाँ दुतावास अघी निषेधित क्षेत्रमै यूवा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्। पछिल्लो समय हुम्लामा नेपाली भूमि अतिक्रमण गरेर चीनले बनाएका भवनहरु बनाएपछि युवाहरु आन्दोलित भएका हुन् । 

उक्त प्रदर्शनमा नेविसंघका पूर्व केन्द्रीय सदस्य पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी, गोपी शिवाकोटी लगायत दर्जनौं युवाहरु सहभागी भएका थिए । 

उक्त प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, बिन्दा बोगटी, अर्वत खड्का, दिपेन्द्र खड्का हुन् । 

पक्राउ परेका त्रिपाठी लिम्पियाधुरालाई नेपाली नक्सामा समेट्न माग गर्दै देशव्यापी विद्यालय तथा सार्वजनिक स्थलहरुमा अभियान चलाउने अभियन्ता हुन् । 

काफ्लेले कुनै पनि देशले गरेको अतिक्रमण नेपालीहरुले सहन नसक्ने बताएका छन् । उनले स्थानीय जनता र जनप्रतिनिधिले सो भूमि केही वर्षअघिसम्म नेपालीले उपयोग गरे पनि हाल आएर चीनले हस्तक्षेप गरेको बताउँदा बताउँदै सरकारले फरक प्रतिक्रिया जनाएकाले सरकारको पनि विरोध गरिएको बताए । 

सरकारले हतारहतार अस्वभाविक रुपमा आफ्नो टिप्पणी जनाएकोप्रति गम्भीर षड्यन्त्र हुन सक्ने काफ्लेको भनाई छ । 

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले डेढ किलोमिटर यता आएर चिनियाँले भवन बनाए पनि सरकारले वास्ता नगरेको बताए।

सरकारले हतार हतार सीमाको बिषयमा टिप्पणी गर्नु रहस्यमयी भएको नेपाली कांग्रेसले बताएको बताएको छ।

हुम्लामा चीनको विस्तारवादी चरित्र देखिएको हुम्लाबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेता तथा पूर्वमन्त्री जीवन बहादुर शाहीले आरोप लगाएका छन् ।

चिनियाँ दूतावास अगाडि ‘गो ब्याक चाइना’ को नारा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ