arrow

शिखर नगरपालिकालाई बदनाम पार्न सुनियोजित योजना

logo
प्रकाश बम, 
प्रकाशित २०७७ असोज १२ सोमबार
120126658_329725978358792_7.jpg

डोटी । शिखर नगरपालिकाको प्रशासनिक निर्माणाधिन भवनको जगमा सुनियोजित रुपमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको छानविन समितिले निष्कर्ष निकालेको छ । नगरपालिकालाई  बदनाम गर्न सुनुयोजित रुपमा यस्तो गरिएको समितिले निष्कष निकालेको हो । 

केहीदिनअघि सो भवनको जगको ‘आरसिसी’गर्दा गुणस्तरहीन सामाग्री प्रयोग भएको पाईएको थियो । ‘डिपिसी’माथि आरसिसी गर्दा बालुवा र गिट्टीमा सिमेन्ट नमिस्याई सामाग्री हालिएको भेटिएको थियो । 

निर्माण कम्पनी विभोर निर्माण सेवाले ‘सुनुयोजित ढंगबाट आफुलाई फसाउन’ कामदार बनेर आएका व्यक्तिहरुबाट यस्तो काम भएको आरोप लगाउँदा विपक्षीहरुले नगरपालिका र ठेकेदार कम्पनीलाई नै दोष दिएर प्रचारबाजी गरेका थिए । 

सो घटनापछि शिखर नगरपालिकाले कार्यपालिका सदस्य र प्राबिधिक कर्मचारीहरुको सहभागितामा ‘छानविन समिति’ बनाएको थियो । 

सो समितिले तयार पारेको प्रतिवेदन नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा सुनुयोजित ढंगबाट नगरपालिकालाई बदनामित पार्न यो घटना घटाईएको उल्लेख छ । 

प्रतिवेदनमा भवन निर्माण कार्यलाई थप तिब्रता दिन विभोर निर्माण सेवाले तीन साताअघि अतिरिक्त जनशक्ति परिचालन गर्नेदेखि लिएर रातिको समयमा कार्य सञ्चालन गर्ने प्रस्ताब राखेपश्चात भदौ २६ गते नगरपालिकाका प्राविधिकको प्रत्यक्ष निगरानीमा काम भएको उल्लेख छ ।

पहिलो दिन रातिको कामको समयमा काम गर्ने कामदारको अश्वभाविक व्यवहार देखिएपछि नगरपालिकाका प्राविधिकले २७ गतेदेखि काम नगर्नु भनी ठेकेदारका प्रतिनिधिलाई जानकारी गराएको, तर २८ गते राति स्थानिय कामदार आएर जवरजस्ती काम गर्न लागेको र गुणस्तर सामग्री प्रयोग गरिरहेको र केहिले काम गरिरहेको भिडियो खिचेको भन्ने ठेकेदारका प्रतिनिधिले थाहा पाएपछि नगर्न आग्रह गर्दा उल्टै कुटपिट गरेको प्रतिवेदनमा उल्लेख छ ।

जवरजस्ती काम गर्नु अनि संगै भिडियो खिच्नु सुनियोजित योजना भएको नगरपालिकाले जनाएको छ । 

पत्रकार सम्मेलनमा नगर प्रमुख सीताराम जोशीले प्राविधिकले रातिको समयमा काम नगर्नु भन्दाभन्दै कामदारलाई रोक्न नसक्नु ठेकेदारको कमजोरी रहेको बताए । 

उनले भने, ‘यस्तै निर्माणाधीन अत्याधुनिक भवनप्रति आपनत्व भावना लिई निर्माणलाई तीब्रता दिनुको सट्टा जवरजस्ती गरी काम बिगार्ने, अबरोध सिर्जना गर्ने काम सुनियोजित योजनाका साथ गरिएको हो ।’

यही घटनालाई लिएर एकसाताअघि ठेकेदारका प्रतिनिधि निर्पबहादुर खड्काले आफूमाथी हातपात गर्ने शिखर नगरपालिका–६ तलकोटका चारजनाका नाममा प्रहरी चौकी तलकोटमा  उजुरी हालेका थिए । सोही आधारमा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो । दोस्रो दिन कुटपिट गरेकोमा माफी सहित भवन निर्माण प्रभावित नगर्ने भनि उनीहरुलाई कागजपत्र गराएर छाडिएको छ । 

पत्रकार सम्मेलनमा नगरप्रमुख जाशीले गुणस्तरहिन सामग्री प्रयोग भएको ठाउँमा सरसफाई गरी नयाँ सामाग्री राखेर काम अघि बढाईने बताए । 

यसबाहेक हरेक काम प्रबिधिकको निगरानी वाहेक नगराउने, भवन निर्माणमा दक्ष कामदार राख्ने, भवन निर्माण स्थलमा सुरक्षा निकायको उपस्थितिका सम्वन्धित निकायलाइ आग्रह गराउने लगायत निर्णय भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ