arrow

युवा जनशक्ति विदेश पलायन हुँदा पुर्ननिर्माण समस्या

logo
राजन परियार,
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
Sindhupalchwok-majhi-basti-2.jpg.jpeg
सिन्धुली। स्वदेशमा रोजगारीको कुनै अवसर नपाएपछि जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश युवाहरु विदेश पालयन हुने क्रम बढ्दो अवस्थामा रहेको छ। गाउँका युवाहरु रोजगारीका लागी विदेश पलायन हुँदा सरकारले सुरु गर्न लागेको भुकम्प पीडितहरुको आवास पुर्ननिर्माण अभियान समेत प्रभावित हुने देखिएको छ। 
 
भुकम्पबाट क्षतिग्रस्त भएका ३४ हजार २ सय ५६ परीवारले पुर्ननिर्माण अनुदान पाउँदै छन तर गाउँमा घर बनाउने दक्ष जनशक्ति र युवाहरुकै अभाव रहेको छ। गाउँमा काम नपाइने, पुँजीको अभाव र विभिन्न आन्दोलनका कारण पछिल्लो समय युवाहरु बिदेसिने क्रम ह्वात्तै बढेको छ । अझ भुकम्प गएपछि घरबास नै नहुँदा र सरकारले अनुदान वितरणमा समेत ढिलाई गर्दा सरकारी आशा गर्नु भन्दा आफै कमाएर ल्याउने सोचका साथ विदेश पलायन हुने युवाहरुको संख्यामा पनि कमी देखिदैन। 
 
युवा विदेशिए पछि गाउँका बस्ती युवा विहीन भएका छन् । बुढाबुढी र महिला तथा बालबालिकाहरु साहारा विहिन भएर टहरामा रात काट्न बाध्य छन । गाउँमै बसेर केही उद्यम गर्ने सोच बनाए पनि स्रोत साधन जुटाउन नसक्दा गर्जो टार्न बिदेसिनु परेको उनीहरूको परीवारको भनाई छ । 
 
साहुले ऋण पत्याएका युवा खाडी मुलुक तथा अन्य युवा भारतका विभिन्न सहर जाने क्रम बढ्दै गएको छ । सरकारले स्वदेशमै भरपर्दो रोजगारीको ब्यवस्था गर्न नसक्दा वर्षेनी लाखौं युवाहरु विदेशी भुमीमा पसीना बगाउन बाध्य हुने गरेको सामाजिक अगुवाहरु बताउछन । स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकेमा र बाँकी रहेका युवाहरुलाई भुकम्प प्रतिरोधी घर निर्माणको तालिम प्रदान गरेर पुर्ननिर्माण अभियानमा सामेल गराउन सकेमा वेरोजगारी र भुकम्प पीडित दुवैको समस्या हल गर्न सकिने उनीहरु बताउछन । 
 
जिल्लाका सवै गाउँ बस्तीका युवाहरु बेरोजगारी बढेपछि विदेश पलायन हुन बाध्य हुने गरेको पुरानो झागाँझोली गाविसका स्थानीय बद्रि बहादुर दाहाल बताउछन । 
 
गाउँमा युवा नहुँदा आपत् विपत्का समयमा निकै अप्ठ्यारो पर्ने गरेको उनको भनाई छ । “गाउँमा सानोतिनो काम अराउन युवा भेटिन्न, मर्दापर्दा त झनै सकस पर्छ,” उनले भने । जिल्लाको पश्चीम क्षेत्रका गाविसहरुमा त वैदेशीक रोजगारीमा नभएको घर नै भेट्न गाहो हुने अवस्था पुगीसकेको छ । यहाँका अधिकांश युवा साउदी अरब र मलेसीया पुगेका छन् । उता युवाहरु विदेशको तातो घाममा पसीना बगाईरहेका छन भने यता भुकम्प गएको एक वर्ष वितिसक्दा पनि युवा जनशक्तिको अभावका कारण भग्नावशेष हटाउन सकिएको छैन । 
 
ग्रामीण क्षेत्रका गाउँमा परिवारको भरणपोषणको मुख्य स्रोत नै वैदेशिक रोजगार बनेको नेत्रकाली गाविसका स्थानीय बुद्धिमान स्याङतान बताउछन ।  युवा पुस्ता भारत र अरब लाग्दा सामाजिक र सांस्कृतिक महत्वका चाडपर्व निरस हुँदै गएको उनको भनाई छ । अचेल गाउँमा नाचगान गर्ने, बिहेबटुलोमा काम सघाउने, बिरामी पर्दा अस्पतालसम्म पुर्‍याइदिने र मर्दा घाट पुयाउने मान्छेको अभाव हुन थालेको छ । 
 
बर्खा सुरु भइसक्दा पनि पीडितहरु टहरामा रात विताईरहेका छन । अनुदान कहिले आउने हो भन्ने समेत ठेगान नहुँदा र गाउँमा दक्ष जनशक्ति र युवाहरु नहुँदा यसपालिको वर्खा पनि टहरामै वित्ने निश्चीत भएको भुवनेश्वरी गाविसका स्थानीय झलक बहादुर सार्की बताउछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ