arrow

तरुण दल अर्घाखाँचीको अधिवेशन २१ र २२ गते सन्धिखर्कमा

logo
घनश्याम पौडेल,
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
tarun-dal.jpg.jpeg
अर्घाखाँची । अर्घाखाँची तरुण दलको अधिवेशन  यही जेठ २१ र २२ गते सन्धिखर्कमा हुने भएको छ । वीपी स्मृती भवन सन्धिखर्कमा शुक्रबार बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । तरुण दलको जिल्ला अधिवेशनका लागि सन्धिखर्क नगरपालिका तथा सबै गाविसमा अधिवेशन सम्पन्न भइसकेको तरुण दलका जिल्ला उपाध्यक्ष तारा घिमिरेले बताए । 
 
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनालले तरुण दल बलियो भएका नेपाली कांग्रेस नै बलियो हुने भएकाले २४ सै घण्टा अधिवेशन भव्य र सभ्य रुपले सम्पन्न गर्न लागिपर्ने बताए ।
 
कार्यक्रममा पूर्व जिल्ला सभापति कमल प्रसाद भूसाल, नेपाली कांग्रेसका जिल्ला सदस्य चन्द्रा गैरे, नेत्र भट्टराई, महाधिवेशन प्रतिनिधि कृष्ण खनाल, कांग्रेसका नगर सभापती विनोद आचार्य, धातिवाङ्गका सभापति शोभाखर पौडेल, तरुण दलका नगर सभापति जम्शेर मियालगायत उपस्थित थिए । 
 
तरुण दलका जिल्ला अध्यक्ष खनालले तरुण दलको अधिवेशन सम्पन्न गर्न नगर, क्षेत्र तथा जिल्ला प्रतिनिधिहरुलाई अधिवेशनमा विशेष रुपले सहभागि भई भव्य र सभ्य ढंगले अधिवेशन सम्पन्न गर्न आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ