arrow

हाम्रो एकताले विरोधीका पैतालामुनि पहिरो गयो : प्रचण्ड

बादलले थाले पेरिसडाँडा गर्जन

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
dahal-new-perisdada.jpg.jpeg
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा  माओवादी पार्टीहरुको एकताले नयाँ उत्साहको सञ्चार भएको बताएका छन् । दाहालले जनतामा उत्साहसँग प्रतिकृयावादी वृत्तमा खल्वली मच्चिएको सुनाए । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा क्रान्तिकारी पत्रकार संघका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा अभिमुखिकरण कार्यक्रममा दाहालले यस्तो बताएका हुन् । 
 
क्रान्तिलाई नयाँ उचाइमा लैजानका लागि क्रान्तिकारीबीचको एकता अपरिहार्य भएको भन्दै दाहालले भने,—‘यो एकता एक पक्षको जीत र अर्को पक्षको हार कदापी होइन ।’ दाहालले आफुहरु सबै पक्षका क्रान्तिकारीहरु एकढिक्का भए मात्र जनयुद्धका उपलब्धीको रक्षा र विकास गर्न सक्ने बताए । 
 
यो एकताले विरोधीहरुको पैताला मुनिको जमिनमा पहिरो गएको बताउँदै अध्यक्ष दाहालले नेपाल अहिले इतिहासकै गम्भीर मोडमा पुगेको र राष्ट्रको एकता र समृद्धिको लागि परिवर्तनका पक्षधरहरु एकै ठाँउ उभिनुपर्ने भएकाले आफूहरुको बीचमा एकता गर्नुपरेको टिप्पणी गरे । 
 
नेता रामबहादुर थापाले पार्टी एकता समयको आवश्यकता र अपरिहार्यता भएको बताए । जनताका आकांक्षा र आवाजलाई सम्बोधन गर्नको लागि, इतिहासका अभिभारा पूरा गर्नको लागि र क्रान्तिकारीमा आत्मविश्वास ल्याउन एकतामा हाम फालिएको थापाको भनाई छ । 
 
संकटको बेला क्रान्तिकारी सिद्धान्तको रक्षाको लागि र बिरोधीबाट आउने प्रहारको लागि पाटी एकता गरिएको जिकिर गर्दै नयाँ चिजको विकाश गर्ने नाममा सिद्धान्त नै छोडेर हिंडेकोमा बावुराम भट्टराइलाइ इतिहासले कहिल्यै माफी नदिने थापाको तर्क छ ।  थापाले भने, ‘यो एकताले शहीद, बेपत्तापरिवार, पार्टी कार्यकर्ता र क्रान्तिकारी जनताहरु असाध्यै खुशी भएका छन् ।’
 
यद्यपि, थापाले ६० प्रतिशत कार्यकर्ता खाडीमा कष्टकर जीवनमा परिवार पाल्न संघर्ष गरिरहेको भने सम्झिन सकेनन् । केही दिन अघि मात्रै बाग्लुङका जगतबहादुर विश्वकर्मा कतारमा जीवन मरणको दोसाँधमा परिवारको खुसी खोजीरहेको कथा आएको थियो । मुटुरोगी उनी २०५३ देखि संघर्षमा होमिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ