arrow

नयाँ संविधान : नवौँ गणतन्त्र दिवस

logo
नारायण न्यौपाने,
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
atantra-diwabash-new.jpg.jpeg
काठमाडौँ  । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा शनिबार गणतन्त्र दिवस मनाइँदै छ । जनआन्दोलन २०६२-६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ । 
 
राष्ट्रपति गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सरिक हुनुहुने छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा बिहान आयोजना हुने उक्त समारोहमा उपराष्ट्रपति र प्रधानमन्त्री पनि सहभागिता रहने छ । राष्ट्रपतिले नवाैँ गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार नै राष्ट्रपति भवन शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ । 
 
विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका विभिन्न कार्यक्रम हुने छन् । रेडियो नेपाल लगायत विद्युतीय सञ्चारमाध्यमले गणतन्त्र दिवससँग जोडेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने छन् । गणतन्त्र दिनकै अवसर पारेर प्रत्येक वर्ष जेठ १५ गते नै आगामी आवको आयव्ययको विवरण (बजेट) प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । व्यस्थापिका–संसद्को शनिबारको अपराह्न ४ बजे बस्ने बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्नुहुनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ