arrow

विमलकी बहिनी मनिषाको पशुपति आर्यघाटमा अन्त्यष्टी, फुटबलर र आफन्तले गरे अन्तिम विदाई

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
Parasi-manisha.jpeg.jpeg
काठमाडौं । नेपाली फुटबलका स्टार स्ट्राइकर विमन घर्तीमगरकी बहिनी मनिषाको पशुपति आर्यघाटमा अन्तिम संस्कार भएको छ । उनलको विद्युतिय शव दाहगृहमा अन्तिम संस्कार भएको हो । मनिषाको वुधबार राति रहस्यमय मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 
मनिषाको शव त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि अन्तिम संस्कार गरिएको हो । बहिनीको अन्तिम संस्कारका लागि बेल्जियम पुगेका दाई विमल शुक्रबार विहान मात्रै काठमाडौं आइपुगेका थिए । मनिषाको शव परिक्षणको रिपोर्ट आउन भने केही समय लाग्ने छ ।
 
मनिषालाई अन्तिम श्रद्धान्जली दिन आफन्तजन र अलिख नेपाल फुटबल संघ एन्फा पदाधिकारी तथा  फुटबलरहरु पशुपति आर्यघाट पुगेका थिए । मनिषालाई दाई विमल र आमाले अन्तिम विदाई गरे । जनु बखत आर्यघाट पुगेका सबै भावविव्हल भए । एन्फाबाट कार्यावाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, मानार्थ उपाध्यक्ष हरि श्रेष्ठ, महासचिव धिरेन्द्र प्रधान, सहायक सिइओ राजेन्द्र न्यौपाने पुगेका थिए । 
 
यस्तै, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापाको टोली समेत पशुपति आर्यघाट पुगेको थियो । सागरको साथमा रितेश थापा र विकाससिंह क्षेत्रीसमेत थिए । उनीहरु लगायत अन्य फुटबलरले समेत विमलकी बहिनी मनिषालाई अन्तिम श्रद्धान्जली दिए । मनिषाको वुधबार राति घरमा एक्लै रहेका बेला रहस्यमय मृत्यु भएको थियो । उनको हत्या भएको हुन सक्ने भन्दै लामो समय देखि प्रेम सम्बन्धमा रहेको भनिएका रुद्रनारायण चौधरीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ भने, शव परिक्षणको रिपोर्ट आउन बाँकी छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ