arrow

वालिङमा आइसोलेसनमा रहेका पुरुषको निधन

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७७ असोज १३ मंगलबार
Death-body-nepali-simbol.jpg.jpeg

स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिका ४ एलादीका एक पुरुषको आइसोलेसनमा उपचारार्थ रहेकै बेला निधन भएको छ ।

असोज ५ गते भारतबाट आएका ४३ बर्षिय पुरुषमा ७ गते कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका पुरुषको एलादीमा रहेको सुन्तलावारी होमस्टे सामुदायीक भवनमा राखेर उपचार भइरहेको अवस्थामा उनको निधन भएको वालिङ नगर स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले बताए । १२ गते सोमवार उनको दोस्रो पटक स्वाव लिइएको र नतिजा नेगेटिभ आएको पाण्डेले बताए । 

दुबै मृगौला फेल र क्यान्सरको रोगी रहेका ४३ बर्षिय पुरुषको निधन भएपछि आएको नतिजामा भने कोरोना नेगेटिभ आएको पाण्डेले बताए । कोरोना संक्रमण नेगेटिभ आएपछि उनको अन्त्येष्टी भने धार्मिक परम्परागत रुपमै हुने बताइएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ