arrow

दीपिका, सारा, श्रद्धा र रकुलको बैंक खाताको जाँच 

logo
प्रकाशित २०७७ असोज १४ बुधबार
dipika-sara-shraddha-drogs.jpg

काठमाडौं । बलिउडमा ड्रग्सको मामिलाले निकै गर्मी बढेको छ । सुशान्त सिंह राजपूतको मृत्युपछि अनुसन्धानका क्रममा ड्रग्स मामिला सामुन्ने आएको हो । 

यही मामिलामा जाँच गर्ने क्रममा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेत्रीहरु दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर रकुलप्रीत सिंहको बैंक खाताबाट भएको लेनदेनको समेत जाँच गर्ने भएको छ । 

यी अभिनेत्रीहरुसँग एनसीबीले ह्वाट्सएप च्याटका बोरमा सोधपुछ गरिसकेको छ । मिडिया रिपोर्ट अनुसार अब यिनीहरुले ड्रग्स किन्नका लागि कुनै ट्रान्जेक्सन गरे कि गरेनन् भनी जाँच एनसीबीले बुझ्नेछ । 

चारै अभिनेत्रीहरुले पछिल्ला तीन वर्षमा क्रेडिट कार्ड मार्फत गरिएको कारोबारको जाँच गर्नेछ । 

बलिउडका कयौं ठूला निर्माता पनि मुछिएका छन् । तर एनसीबीले सोधपुछ गरेर उनीहरुलाई हरियो झण्डा देखाइदिएको छ । 

रियाको जमानतमा सुनुवाई
सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको जमानतबारे बुधबार सुनुवाई हुँदैछ । ड्रग्स मामिलामा गिरफ्तार परेकी रिया र उनका भाइ शोविकको जमानतबारे बुधबार मुम्बई हाइकोर्टमा सुनुवाइ हुनेछ । 

रियाले नै नाम लिएपछि चार अभिनेत्रीहरु यो मामिलामा मुछिएका हुन् । 

दीपिका, सारा र श्रद्धासँग ड्रग्स काण्डमा छ घण्टा सोधपुछ

बलिउड नायिकाहरुले ड्रग्स लिनुको कारणबारे राखी सावन्तको खुलासा

यी हुन् दीपिका, श्रद्धा र साराका लागि तय भएका प्रश्न, दीपिकाकी म्यानेजरसँग बयान, रकुलले स्वीकारिन्

यसरी हुन्थ्यो श्रद्धाको कारमा ड्रग्स सप्लाई, दिपिका पति रणवीरले गरे बिन्ती



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ