arrow

देउवाले गिरिजालाई सम्झिए–‘उहाँकै नेतृत्वमा नेपालमा गणतन्त्र स्थापना भएकाे हाे’

logo
प्रकाशित २०७३ जेठ १४ शुक्रबार
Sherbahadur-deuba-news-fnl-.jpg.jpeg.jpeg
काठमाडौं । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नवौं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा सुभकामना सन्देश जारी गरेका छन् । शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले २०६२–०६३ काे ऐतिहासिक जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन् । 
 
देउवाले शन्देशमा भनेका छन्,–‘नेपाली जनताको अभूतपूर्व त्याग रवलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२–०६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो ।’ देउवाले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएको ऐतिहासुक जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्ने वीर शहीदप्रति उच्च सम्मान र श्रद्धान्जली अर्पण गरेका छन् । 
 
नेपालको संविधानको कार्यान्वयन र संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु–देउवाले भनेका छन् ।  
 
 
जेठ १५, २०७३
शुभकामना !
गणतन्त्र दिवस २०७३ का अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो ।
 
मुलुक नयाँ युग प्रारम्भको ऐतिहासिक मोडमा अगाडि बढिरहेको छ । नेपाली जनताको विगत ६ दशक लामो संघर्ष र वलिदान पश्चात आफ्ना प्रतिनिधिहरु मार्फत निर्मित्त संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक संविधान निर्माण भएको छ । नेपालको संविधानको कार्यान्वयन र संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । साथै, यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ