arrow

बडादशैँमा भीडभाड र बलि निषेध

logo
प्रकाशित २०७७ असोज १४ बुधबार
dashain-tika-2073-1.png

जनकपुरधाम । यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सो निर्णय गरिएको हो  ।

कार्यालयद्वारा जारी सूचनामा  परम्परा धान्न संक्षिप्त क्षमा पूजा मात्र गर्न पाउने निर्णय गरिएको उल्लेख छ । 

बैठकमा प्रदेशसभा सदस्य, राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नगरपालिका, गुठी संस्थान  र स्थानीय विभिन्न क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ