arrow

रासस चितवन प्रमुख अधिकारी दम्पत्तिलाई कोरोना सङ्क्रमण

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
covid-test-positive-corona.jpg

भरतपुर । राष्ट्रिय समाचार समिति (रासस) चितवनका प्रमुख नारायण अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

नेपाल पत्रकार महासङ्घ चितवनका उपाध्यक्षसमेत रहेका अधिकारीको बुधबार चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसअघि मङ्गलबार उनकी श्रीमती सुजाता पोखरेललाई सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु दुवै जना होम आइसोलेसनमा रहेका छन् । 

दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नियमित रिपोटिङमा हिँड्ने क्रममा आफू सङ्क्रमित भएको अधिकारीले बताए । उनले भने, “मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ, हल्का टाउको दुख्नु बाहेक अन्य लक्षण देखिएको छैन ।” चितवनमा बुधबार एकैदिन ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ