arrow

तिलोत्तमा नगरपालिकाका नगरप्रहरीद्वारा तालाबन्दी गर्न गएको नेविसंघ टोलीमाथि वल प्रयोग (भिडियो)

logo
नारायण वली,
प्रकाशित २०७७ असोज १५ बिहिबार
nsu-.jpg

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्नका लागि गएको नेविसंघको एक टोली माथि नगरपालिकामा कार्यरत नगर प्रहरीले उक्त टोली माथि वल प्रयोग गरी रोक्न प्रयास गरेको छ । 

जिल्लाका अन्य पालिकाहरुमा निजि विद्यालयमा ६० प्रतिशत शुल्क लिईरहेको अवस्थामा तर तिलोत्तमा नगरपालिका भित्र रहेका निजि विद्यालयहरुलाई नगरपालिकाले ७५ प्रतिशत शुल्क लिन निर्णय गरेपछि विहिवार (आज) नेविसंघको टोली नगरपालिकाको शिक्षा शाखामा उक्त शुल्क फिर्ता गर्नुपर्ने लगायतको माग राख्दै तालावन्दी गर्न गएको टोली माथि नगर प्रमुख वासुदेव घिमिरेको निर्देशनमा नगर प्रहरीले सो टोली माथि वल प्रयोग गरेको नेविसंघका विद्यार्थी नेता सन्दिप पाण्डेले वताएका छन् । साथै वल प्रयोग गरी रोक्न खोजेको दृश्य भिडियोमा प्रष्ट देखिएको छ । 

नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्ने क्रममा शिक्षा शाखामा जाने क्रममा नगरप्रमुखले सो टोलीलाई रोक्न निर्देशन दिए संगै नगर प्रहरीले वल प्रयोग गरेको नेविसंघ नेता पाण्डेको भनाई रहेको छ । (हाम्रा कुरा) संग कुराकानी गर्दै उनले यस्तो दावी गरेका हुन् ।

साथै उनले कुराकानीका क्रममा भने, अन्य नगरहरुमा ६० प्रतिशत शुल्क भएको भन्दै, तर तिलोत्तमा नगरपालिकाले गत असार देखि नै लागू हुनेगरी ७५ प्रतिशत शुल्क निर्णय कायम गरेको विषयमा विरोध जनाउन नगरको शिक्षा तालाबन्दी गर्न गएको टोली माथि नगरले नगरप्रहरीलाई  परिचालन गरी वल प्रयोग गरेको नेविसंघले जनाएको छ । साथै थप घटना घट्न हुन नदिनका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरिएको वताईएको छ ।

सो क्रममा नगर प्रमुख घिमिरेले संघिय सरकारले शुल्क निर्धारणका लागि स्थानिय तहलाई अधिकार दिएकाले स्थानिय तहले आफ्नो अधिकार प्रयोग गर्दै उक्त ७५ प्रतिशत शुल्क लिने निर्णय गरेको वताउँदै, सो प्रतिशत नघट्ने संकेत गरेको नेविसंघको टोलीले जनाएको छ ।

यस्तै नगरपालिकाले भने पूर्व सूचना बिना शिक्षा शाखामा ताला लगाउन आएको भन्दै रोक्न खोजेको प्रतिक्रिया दिएको छ । नगरले नगरपालिकालाई पूर्व सुचना नदिएको र शिक्षा शाखामा ताला लगाउन नहुने जनाउँदै रोकेको वताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ