arrow

धरान उपमहानगरका कर्मचारीमा कोरोना

logo
प्रकाशित २०७७ असोज १५ बिहिबार
Dharan_Sunsari.jpeg

धरान । धरान उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि सेवा प्रवाह पनि  प्रभावित  हुन थालेको  छ । 

उपमहानगरपालिकाको योजना, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । 

योजना महाशाखा, प्रशासन तथा सूचना र पर्यटन शाखाको  केही दिनका लागि सेवा बन्द गरिएको वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए । 

सूचना शाखाका एक , घर नक्सा शाखाका दुई   र अनुगमन अधिकृत सहित कर्मचारीमा कोरोना पुष्टि भएको उनले बताए ।   

संक्रमण कै कारण वडा नं १६ पनि तीन दिनदेखि बन्द छ । बिहिबारदेखि वडा १५ को कार्यालय ७ दिनको लागि बन्द गरिएको वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । वडा  १२ र ३ का वडा सदस्यलाई पनि संक्रमण भएपछि शुक्रबारदेखि कार्यालय बन्द गर्ने जनाएको छ । 

सुनसरीमा विहीबार ६८ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ११ जना  महिलासहित ४४ जना धरानका रहेको प्रदेश स्थित सामाजिक विकासमन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ जनामा कोरोना पुष्टि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ