arrow

कृषकलाई उन्नत जातका तरकारीको बीउ वितरण

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
farming-vegetables.jpg

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले कृषकलाई उन्नत जातका तरकारीको बीउ वितरण शुरु गरेको छ । कृषकको मागका आधारमा  ५० प्रतिशत अनुदानमा बन्दा, काउली, ब्रोकाउली, प्याज र केराउको  बीउ वितरण गर्न शुरु गरिएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए ।

कृषकलाई बीउ हस्तान्तरण गर्दै सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले कृषिको विकासबिना आर्थिक समृद्धि सम्भव नभएको बताए । उपप्रमुख ठाकुरकुमार विकले कृषि पेशालाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन सबैलाई आग्रह गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ