arrow

कांग्रेसद्वारा बाढीपीडितलाई नगद र सहयोग सामग्री हस्तान्तरण

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
congress-rahat.jpg

सिन्धुपाल्चोक । नेपाली काँग्रेस जिल्ला कार्य समिति तथा काँग्रेस र यससंग आबद्ध भातृसंस्थाका नेताहरुले बाह्रबिसे नगरपालिका ७ नागपुजे, भीरर्खक लगायतका पहिरो पीडितलाई नगद, खाद्यान्न, भाँडाकुँडा, सोलार लगायतका सामग्री सहयोग गरेका छन् ।  

नेपाली काँग्रेस पूर्व जिल्ला सभापति भूपेन्द्र थापाका अनुसार बुधबार मृतक परिवार र पहिरोबाट अति प्रभावित २६ परिवारलाई चार हजार नगद, एक बोरा चामल, दाल, तेल, नुन, सोलार, भाँडाकुडाँ, पोलार, ट्रयाकसुट लगायतका सामाग्री काँग्रेसले सहयोग गरेको हो ।

नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाको नेतृत्वमा ८४ परिवारलाई दुई हजारका दरले नगद र खाद्यान्न, अति प्रभावित मृतकका परिवार र घर पुरिएका २६ परिवारलाई चार हजारका दरले नगद वितरण गरिएको नेपाल बिद्यार्थी संघका केन्द्रीय महामंत्री तथा सिन्धुपाल्चोक काँग्रेसका नेता बलदेव तिमल्सिनाले जानकारी दिएका छन् ।

फुल्पिङकोट गाँउ इकाई सभापति गोबिन्द कार्की र काँगे्रस नेता कृष्ण न्यौपानेले अति प्रभावित २६ परिवारलाई नगद दिनका लागि ५२ हजार सहयोग गरेका थिए भने बाँकी पार्टीका अन्य व्यक्तिहरुमार्फत संकलन गरिएको थियो । 

वितरण गरिएका खाद्य सामग्रीहरु २५ किलोको एक बोरा चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न लामा गुरु सोनाम वाङचे लामा, पूर्व सभापति भूपेन्द्र थापा र नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा र शिव शक्ति समूहको सहयोगमा प्राप्त भएको  हो । प्रतिसेट १० हजार पर्ने सोलार बत्ती नेबिसंघ महामंत्री तिमल्सिनाले उपलब्ध गराएका हुन्  ।

उक्त सोलार बती सनसाइन इनर्जी प्रालि, नेपाल उर्जा विकास कम्पनी, शिखर रिन्युबल इनर्जी प्रालिले सहयोग गरेका थिए । नेपाल महिला संघ सिन्धुपाल्चोककी अध्यक्ष गीता नेपालको पहलमा  भाँडाकुडाँ, पोलार र विद्यार्थीलाई ट्रयाकसुट सहयोग गरेकी थिइन् ।

नेबिसंघ महामंत्री तिमल्सिनाले घुम्थाङ उपस्वास्थ चौकी, बच्छलादेवी माविका विद्यार्थीहरु र इलाका प्रहरी कार्यालय बाह्रबिसेलाई स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, सोलार बत्ती लगायतको सामाग्री प्रदान गरेका थिए । 

लायन्स क्लब अफ रामेछाप डिस्ट्रिक्क ३२५ शम्भु प्रसाद घिमिरेबाट सो स्वास्थ सामग्री सहयोग उपलब्ध भएको हो ।
प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई वर्षैपिच्छे पीडा दिएको र यसबर्ष पनि बाढीपहिरोले ठूलो संख्यामा जनधनको क्षति भएको हुँदा काँग्रेस र यसका भातृसंस्थाहरु जनताका पीडामा संधै साथमा रहने पार्टी  सभापति विकास लामाले बताएका छन् ।

पीडामा परेकाहरुलाई काँग्रेसले उद्धार, राहत र पुनर्स्थापनाका निम्ति राज्यका सबै निकायहरुलाई कर्तव्यनिष्ट हुन पनि आग्रह गर्दै विपत्तिमा परेका जिल्लाका जुनसुकै स्थानमा जनतालाई आफ्नो तर्फबाट राहत र सहयोग उपलब्ध गराउने नेताहरुले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ