arrow

सरकारी कर्मचारीको तलब पाँच सय !

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
NepalPNew-500Rupees-(2002)-donatedsrb_b.jpg.jpeg
कञ्चनपुर । सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो । 
 
कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब थाप्दै आएका छन् । हालै इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगी अन्जना केसीले मासिक तलबबापत रु ५०० पाउने गरेका हुन्  । 
 
जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रु आठ हजार नबढ्ने गरी घटाघटीमा आवेदन मागेको थियो । केसीले सबैभन्दा कम तलबमा काम गर्ने गरी निवेदन दिएपछि उनलाई रु पाँच सयमा काम गर्ने गरी कार्यालय सहयोगीमा नियुक्त गरिएको हो । 
 
जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख जनस्वास्थ्य अधिकृत हजारी चन्दले कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार सबैभन्दा कम तलब कबोल गर्ने केसीलाई कार्यालय सहयोगीमा नियुक्त गरिएको बताए ।  कार्यालय सहयोगीका लागि केन्द्रमा आठ जनाको आवेदन परेको थियो । उनीहरुमध्ये एक जनाले निःशुल्क काम गर्ने प्रस्ताव पेस गरेका थिए । जनस्वास्थ्य कार्यालयले त्यसलाई अस्वीकृत गरेको छ । 
 
न्यूनतम तलबमा काम गर्न कबोल गर्ने केसीले भविश्यमा तलब बढ्ने र स्थायित्व हुने आशामा कम तलबमा काम गर्ने इच्छा देखाएको बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ