arrow

गौरादह कृषि क्याम्पसमा नेविसंघले लगायो अनिश्चितकालीन ताला

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
nsu-gauradaha-campus1.jpg

झापा । त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान अन्तरगतको गौरादह कृषि क्याम्पसमा नेपाल विद्यार्थी संघले हिजो बिहीवारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ । क्याम्पसमा करारमा आवस्यक प्राध्यापक तथा कर्मचारीको पदपुर्तिका लागि डिन कार्यालयले गरेको बिज्ञापनमा डिन कार्यालयको मनोमानी भएको नेविसंघको आरोप छ । 

गत असोज ५ गते गोरखापत्र र अध्ययन सस्थानको आधिकारिक वेबसाइटमा प्रकासित बिज्ञापनमा गौरादह कृषि क्याम्पसको पदपुर्ती समिती उल्लेख गरिएपनि क्याम्पस  प्रशासनमा बुझ्दा हालसम्म कुनै पनि पदपुर्ती समिती गठन नगरिएको जानकारी भएको भन्ने बिज्ञप्तिमा उल्लेख छ । यस बारे सम्बन्धित डिन कार्यालयमा बुझ्दा उक्त बिज्ञापन रजिस्ट्रार कार्यालयबाट गरिएको भनिएपछि यस बारे सत्य तथ्य जानकारी गराउन डिन कार्यालयलाई अनुरोध सहितको नेविसंघ कृषि क्याम्पस एकाइले गत असोज ८ गतेनै बिज्ञप्ति जारी गरेको थियो  । 

साथै उक्त बिज्ञापनलाई तुरुन्त स्थगित गरि पारर्दर्सिता कायम गरि त्रिबि नियम अनुसार पदपुर्ती समिती गठन गरि बिज्ञापन खुलाइ खुल्ला प्रतिस्पर्धा मार्फत योग्य ब्यक्ति छ्नौट गर्न विद्यार्थी हरुले बिज्ञप्ति मार्फत माग समेत राखेका थिए । 

आफ्नो माग सम्बोधन नभएसम्मकालागि गौरादह कृषि क्याम्पसमाअनिश्चितकालीन तालाबन्दी गरिएको नेविसंघ नेताले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ