arrow

विमलकी बहिनी मनीषाको हत्यामा संलग्न आरोपी चौधरीको पोलीग्राफ हुने

सात दिनको म्याद थप गरी अनुसन्धान

logo
प्रकाशित २०७३ जेठ १५ शनिबार
Parasi-manisha.jpeg.jpeg
नवलपरासी। फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी‘आशिष’लाई प्रहरीले सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । 
 
शुक्रबार जिल्ला अदालतबाट सँत दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए  । 
 
प्रहरी उपरीक्षक चौधरीका अनुसार मनीषाको शव परीक्षण प्रतिवेदन आइतबार आउँदै छ । प्रहरी नियन्त्रणमा रहेका तिलकपुरका २२ वर्षीय आशिषलाई आइतबार नै पोलीग्राफ (प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा हुने) गरिने भएकाले घटनाबारे थप तथ्य आउने छ । 
 
सत्र वर्षीया मनीषा नवलपरासीको बर्दघाट– ८ पञ्चनगर, भानुनगर गाउँस्थित आफ्नै निवासमा बिहीबार बिहान मृतावस्थामा फेला परेकी थिइन् । प्रहरीले अभियुक्त चौधरी सहित अन्य एक जनालाई समेत नियन्त्रणमा लिए पनि अन्य एक जनाको नाम सार्वजनिक गरेको छैन । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ