arrow

प्रतिष्ठानमा संक्रमित महिलाले दिइन् शिशुलाई जन्म

logo
प्रकाशित २०७७ असोज १६ शुक्रबार
baby1.jpg

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा एक कोरोना संक्रमितले स्वस्थ शिशु जन्माएकी छन् । झापा बिर्तामोडकी २९ वर्षीया गर्भवतीको शल्यक्रियामार्फत बिहीबार छोरी जन्माइएको हो ।

उनलाई यही असोज १२ गते संक्रमण पुष्टि भएको थियो । बिपी प्रतिष्ठानमा उनलाई असोज १४ गते भर्ना गरिएकोशल्यक्रियामा संलग्न डा मनोजकुमार साहले जानकारी दिए । साहसहित डा अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा जगत्प्रसाद, डा सहज पौडेल र नर्स गोमाको टोलीले उनको सफल प्रसूति गराएको थियो । 

अहिले आमा र शिशु दुवैको स्वास्थ्यावस्था सामान्य रहेको  प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले शुक्रबार जानकारी दिए । एक महिनाअघि पनि प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितले शिशु जन्माएकी थिइन् । ती आमा र शिशुको अवस्था पनि सामान्य रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ