arrow

जिल्ला सभालाई नटेरेको आरोप 

logo
प्रकाश बम,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
doti-jilla-samanway-samitte.jpg

डोटी । जिल्ला सभालाई केहि सरकारी तथा गैर सरकारी संस्थाहरुले नटेरेको आरोप लागेको छ । जिल्ला समन्वय समिति डोटीले बार्षिक समिक्षा तथा चौथो जिल्ला सभाका निर्णय सार्बजनिक गर्नका लागि शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा सार्बजनिक गरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बार्षिक जिल्ला समिक्षा कार्यक्रममा सभालाई नटेर्ने , स्थानीय सरकारसंग कुनै सरोकार नराख्ने जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाहरुको पहिचान गरि सम्बन्धि निकायको ध्यानाकर्षण तथा सम्बन्धित निकायको माथिल्लो निकायमा पेश गर्ने निर्णय गरेको बताए । 

उनले भने,' अहिलेसम्म सडक डिभिजन कार्यलय ,संघिय शहरी बिकास कार्यलय, शिक्षा निर्देशनालय, स्वास्थ निर्देशनालयले बार्सिक प्रतिबेदन पेश नगरेको बताए । कार्यक्रम गर्दा स्थानीय तह संग समेत परामर्श नगरेर अघि बढेको संयोजक ऐरले बताए ।'

जिल्लामा सन्चालित कार्यक्रमलाई दोहोर पन हुन नदिने, जिल्लामा रहेका पुरातात्त्विक बस्तु तथा परापुर्बकाल देखि प्रयोग भइरहेका सामग्रीको खोज, संकलन गरि सदरमुकाममा सग्राहलयको स्थापनाका लागि  प्रदेश सरकारसंग आवश्यक सहयोग माग्ने , कोभिड-१९ नियन्त्रणमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरिनुका साथै अन्त्य नहुन्जेल सम्म निरन्तर रुपमा लाग्न निर्णयमा अनुरोध गरिएको छ। 

त्यस्तै शिखरमा -१० मा निर्माणधिन मोटेरेवल पुल निर्माण कार्य सम्पन्न गर्नका लागि  सम्बन्धि निकायको ध्यानाकर्षण गराउने ,जिन्सी निरीक्षणबाट औंल्याएका पुराना मर्मत हुन नसक्ने सामानहरुको लिलाम बिक्री प्रक्रिया अगाडि वढाउने ,  जिल्लामा सञ्चालित कार्यक्रमको अनुगमन गर्ने ,वोगटान फुड्सिल -६ गगुडा माझ रौटा , दिसिनपा -९  मछिन्तोला  र  ७ को कोइराला बस्ती को जमिन भासिन गइ बस्ती जोखिममा रहेकोले बस्ती स्तान्तरणका लागि संघ, प्रदेश सरकारसँग अनुरोध गर्ने लगायतका निर्णय प्रतिबेदनमा उल्लेख रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ