arrow

कर्णालीमा बढ्न थाल्यो संक्रमण, जताततै मान्छेको भीड

संक्रमितको सङ्ख्या तीन हजार ७२९ पुग्यो

logo
प्रकाशित २०७७ असोज १७ शनिबार
karnali-health-institute.jpg

कर्णाली । पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण बढ्न थालेको छ । यद्यपि सरकारी कार्यालयदेखि बाटोघाटो, चियापसल, धारा पँधेरा र सडकलगायत जताततै मान्छेको भीड पनि त्यत्तिकै बढेको देखिन्छ  । शुरुका दिनहरु जस्तो सावधानी कोही कसैले अपनाएको देखिदैन । 

शुक्रबारको दिनमा मात्रै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ७७ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भएको परीक्षणमा नौ  गरी ८६ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

“बिहीबार पनि कर्णालीमा १०५ जनामा कोरोना संक्रमण देखिएको थियो,” उनले भने, “शुक्रबार ८६ जना थपिएसँगै  संक्रमित हुनेको सङख्या तीन हजार ७२९ पुगेको छ ।” संक्रमितमा सुर्खेतका ५३, जुम्लाका सात, दैलेखका छ, कालीकोटका चार, जाजरकोटका दुई र प्रदेशबाहिर १४ जना रहेको उनले बताउनुभयो । अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका १९, स्वास्थ्यकर्मी १२, कर्मचारी आठ, क्वारेन्टाइनमा रहेका छ, सशस्त्र प्रहरी पाँच, एयरलाइन्स कर्मचारी चार, प्रहरी तीन, बिरामी र शिक्षक दुई-दुई जना रहेका छन् । त्यस्तै, इन्जिनियर, थुनुवा, अटोचालक, कृषकहरु पनि संक्रमण देखिएको छ ।

हाल यहाँ सक्रिय कोरोना संक्रमितको सङख्या ४९२ रहेको जनाउँदै उनले शुक्रबार तीन जना घर फर्किएका छन् । कर्णालीमा कोरोना जितेर घर फिर्ता हुनेको सङ्ख्या तीन हजार ४५ पुगेको छ । कोरोना महामारीविरुद्ध सरकारले जारी गरेका आवश्यक निर्देशन तथा मापदण्डको पालना नगर्दा पछिल्लो समयमा यहाँ संक्रमणले सबै क्षेत्रमा जोखिम बढाएको छ  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ