कोरोनाबाट २८ वर्षीया युवतीको मृत्यु, प्रतिष्ठानमा मृत्यु हुने सङ्ख्या ३९ पुग्यो
रासस,
प्रकाशित २०७७ असोज १७ शनिबार
689
Shares
धरान। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ। सुनसरीको इनरुवा नगरपालिका–४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठले जानकारी दिए।
उनलाई असोज ८ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ। योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ।