arrow

सवारी दुर्घटनामा एकको मृत्यु, सात घाइते

logo
रासस,
प्रकाशित २०७७ असोज १७ शनिबार
accident.jpeg

दुर्घटनामा घाइते मोटरसाइकल पछाडि सवार तनहुँ घिरिङ गाउँपालिका–४ का ३५ वर्षीय जीतबहादुर रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए। मोटरसाइकल चालक सोही ठाउँका बेलबहादुर राना घाइते भएका छन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

यस्तै अटो चालकसहित सवार अन्य छ जना पनि घाइते भएको शर्माले बताए। उनीहरु सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ