arrow

सत्तारुढ दल नेकपा र राप्रपा छाडेर कांग्रेस प्रवेश 

logo
प्रकाशित २०७७ असोज १७ शनिबार
congress-prabesh-kalikot.jpg

कालीकोट । कालीकोट जिल्लामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छाडेर दुई दजन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

कालीकोट खाडाचक्र नगरपालिका २ मा शनिबार कांग्रेस कार्यकर्ता अगुवा भेटका क्रममा नेकपा र राप्रपा परित्याग गरी २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 

सत्ताको हुकुमीले नेता वरिपरिकालाई मात्र फाइदा हुने र अरुलाई बेवास्ता गर्ने परिपार्टी तथा राप्रपाको उल्टो समयचक्रमा चल्ने नीतिबाट वाक्क भएकाहरु कांग्रेसमा प्रवेश गरेका हुन् । 

कांग्रेस प्रवेश गर्नेमा प्रकाश कसारा, कच्क बिक, भिम मल्ल, दानबहादुर शाही, पदम कसारा, दल कसरा, बेलकोसा कसारा, धनराज मल्ल, बसन्त शाही, बल शाही, कण मल्ल, हरि शाहीलगायत २५ जना हुन् । 

कांग्रेस प्रवेश गर्नेहरुले नेकपाले सत्ता सम्हालेपछि देशमा भ्रष्टाचार र बेथिति बढेको भन्दै यसलाई ठीक पार्ने काम कांग्रेसकै काँधमा आएको भन्दै कांग्रेसलाई साथ दिन आएको बताए । 

नेपाली कांग्रेस संघ संगठन विभाग केन्द्रीय सदस्य कालीबहादुर सहाकारी, नेपाली कांग्रेस सुभेच्छुक संस्था समन्वय विभाग सदस्य भावना शाही, महाधिवेशन समिति सदस्य हिक्मत बिष्टलगायतले उनीहरुलाई कांग्रैसमा फूलमाला र अबिर लगाएर स्वागत गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ