arrow

चाँगुनारायण ५का वडा अध्यक्ष देखाउने गुण्डाहरु ठोक्ने, पत्रकार माथि दुर्व्यवहार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १८ आइतबार
chagunarayan-ward-chair-5.jpg

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ५ का वडा अध्यक्ष जयन्त खड्का र उनको समूहले पत्रकारमाथी दुर्व्यवहार गर्नुका साथै समाचार सम्प्रेषण गरेको खण्डमा ज्यानै मार्ने धम्की समेत दिएका छन् । वडाध्यक्ष खड्का र उनको समूहले पत्रकारद्वय रोशन घर्ती र नवराज गिरीमाथि स्वतन्त्र रुपले समाचार संकलन गर्दै गर्दा मोबाइल खोसेर, लछारपछार पार्दै दुर्व्यवहार गरेका हुन् ।

नगरपालिकाकै प्राङ्गगणमा ४०-५० जनाको समुहले पीडित भनिएका व्यक्तिमाथि हातपात गर्दै गरेको दृश्य मोबाइलमा कैद गर्ने क्रममा वडाअध्यक्ष खड्काका गुण्डाहरुद्वारा गुण्डागर्दी शैलीमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई मोबाइल खोसेर ४ घण्टा समेत नगरपालिका भित्रै सभाहलमा मन्जुरी बेगर राखेका थिए ।

वडाअध्यक्षकै गुण्डाहरुद्वारा मोबाईलमा कैद भएको दृश्य समेत जर्बजस्ती हटाउन लगाएका थिए । वडाध्यक्ष स्वयम्ले "मेरो विरुद्धका समाचार प्रकाशित भए जेपनि हुन सक्छ" भन्दै पत्रकार घर्ती र गिरीलाई उक्त घटनाको बिषयमा समाचार सम्प्रेषण गरेको खण्डमा ज्यान मार्ने धम्की समेत दिएका छन् ।

नगरपालिकाकै प्राङ्गणमा गुण्डागर्दी खुलेआम भैरहँदा समेत स्थानीय प्रहरी प्रसाशन मौन रहनु र नगरपालिकाकै कर्मचारी, नगर प्रहरी समेत चुक्क बोलेनन् । आफ्नो वडामा भैरहेको गुण्डागर्दीले चाँगुनारायण नगरपालिकामा नेपालको कानुन भन्दा वडाअध्यक्षकै कानुन बलियो रहेको प्रष्ट देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ