arrow

प्रदेश राजधानी भालुबाङमै राख्न प्रधानमन्त्री ओलीसंग परामर्श गर्न मूख्यमन्त्री पोखरेल काठमाडौँमा

छाडेकै हुन् त महासचिव विष्णु पौडेलले अर्थमन्त्रीका लागि राजधानी ?

logo
नारायण वली, 
प्रकाशित २०७७ असोज १८ आइतबार
Shankar-Pokharel1.jpg

रुपन्देही । प्रदेश नं ५ को स्थायी राजधानी दाङमा सार्ने अन्तिम तयारीमा जुटेका मुख्यमन्त्री शंकर पोखरेल थप परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार काठमाडौँ गएका छन् । 

बुटवलमै राजधानी राख्नुपर्ने पक्षमा रहेका नेकपा महासचिव विष्णु  पौडेललाई अर्थमन्त्री दिएर थामथुम पार्ने पक्षमा रहेका प्रधानमन्त्री ओलीले यसबारे पनि मुख्यमन्त्री शंकर पोखरेलसँग छलफल गर्ने स्रोतको दाबी रहेको छ ।

आइतबार प्रदेश सभामा प्रस्तुत हुने राजधानी सार्ने प्रस्ताव सोमबारसम्म पारित गर्ने र आन्दोलनलाई साम्य पार्न पौडेल लगायतले पहल गर्ने तयारी भइरहेको बताइएको छ ।

अस्थायी राजधानी रहेको बुटवलमै प्रदेश स्थायी राजधानी हुने यहाँका स्थानीय तथा नेताहरुले अपेक्षा गरेको स्थितिमा दाङमा राजधानी लैजाने एकाएक प्रस्ताव आउँदा अहिले प्रदेश नं ५ अस्थायी राजधानी बुटवल तात्तिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रणामा मुख्यमन्त्री पोखरेलले दाङमा राजधानी लैजाने अन्तिम तयारी गरेको खुल्न आएको छ । 

यो सफलतासँगै आगामी महाधिवेशनमा पोखरेललाई महासचिवको सम्भावित दावेदारका रुपमा समेत आँकलन गरिएको छ ।

पायक नपर्ने भालुबाङमा राजधानी सार्न थालिएपछि बुटवलमात्र नभई नवलपरासी, कपिलबस्तु, अर्घाखाँची, पाल्पा र गुल्मीका सांसदहरु आक्रोशित भएका छन् । 

नेकपाकै १४ सांसदले विरोध जनाएका छन् । नेकपाकै सांसदहरुले पार्टी महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको पदसँग राजधानी छाडेको आरोप लागेको छ । 

मतदानलाई आन्दोलनले प्रभावित पार्न सक्ने भन्दै रुपन्देही प्रशासनद्वारा कर्फ्यू जारी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ