arrow

चार लाख भारुसहित पप्पु पक्राउ

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
Handcuffs.jpg.png

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको रु चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । 

नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको शनिबार जानकारी दिए । 

विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको रु चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले जानकारी दिए ।

बरामद गरिएको रकममा रु ५०० दरका ४०० थान र रु दुई हजारको नोट १०० थान गरी भारु चार लाख रहेको छ । उक्त भारुको नेपालमा रु छ लाख ४० हजार हुन्छ । 

पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ