arrow

जबरजस्ती करणी मुद्दा लाग्यो वडाध्यक्षलाई  

logo
प्रकाशित २०७७ असोज १८ आइतबार
Arnama_GaPa.png

लहान । सिरहाको अर्नमा गाउँपालिका वडा नं १ का वडाध्यक्ष गफार मियाँविरुद्ध प्रहरीमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ । 

मुद्दा दर्ता भएलगत्तै वडाध्यक्ष मियाँ फरार भएको प्रहरीले जनाएको छ । 

आफूलाई वडाध्यक्ष मियाँले जबर्जस्ती करणी गरेको भन्दै स्थानीय एक महिलाले वडाध्यक्षविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम पौडेलले जानकारी दिए ।

वडाध्यक्ष मियाँविरुद्ध मुद्दा दर्ता भएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । 

यसबारे वडाध्यक्ष मियाँसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ