arrow

टर्कीको पूर्ण बहिष्कारमा इस्लामीक विश्वलाई एकजुट गराउँदै साउदी अरब

इस्लामीक विश्वको डिफ्याक्टो लिडर बन्ने होड

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज १९ सोमबार
turkey-saudi.jpg

काठमाडौं। इस्लामीक विश्वको डिफ्याक्टो लिडर बन्ने एर्दोगनको रणनीतिविरुद्ध अरब देशहरु खडा भएका छन्। साउदी किंगडमको नेतृत्वमा अरब विश्वले टर्कीको बहिष्कार सुरु गरेको हो। यसले खस्किदै गइरहेको टर्कीको अर्थतन्त्र झनै गम्भीर मोडमा पुर्‍याउने देखिएको छ। रिसेप ताइप एर्दोगन जसले टर्कीलाई एक प्रजातान्त्रिक राष्ट्रबाट ईश्वरतान्त्रिक अर्थात थिओक्राटिक मुलुकका रुपमा स्थापित गर्न कुख्यात कदम चालिरहेका छन्। एर्दोगन विरुद्ध अहिले अरब विश्वले घृणा मात्रै हैन् बदलाको दृष्टिकोणसमेत अघि सारेको छ।

हालै मात्रै एर्दोगनले अरबका केही देशहरुले टर्कीलाई निशाना बनाई अस्थिर पार्ने नीति अबलम्बन गरेको आरोप लगाएका थिए। टर्कीको महासभालाई सम्बोधन गर्दै एर्दोगनले भने, “यो बिर्सनु हुँदैन कि हिजो प्रश्नमा नपरेका देशहरु, भोलि पनि रहने छैनन्, तर हामी यो क्षेत्रमा हाम्रो देशको झण्डा सधैं फरफराई रहनेछौं, अल्लाहको आर्शिवादले।”

साउदी अरेबियाका वाणिज्य प्रमुखले टर्कीको सबै कुराहरु बहिष्कार गर्न आग्रह गरेका छन्। उनले आयात, लगानी, पर्यटनलगायतका सबै क्षेत्रबाट टर्कीलाई बहिष्कार गर्नुपर्ने र यसको जिम्मा, नेतृत्व र सुरुवात साउदीले गर्नुपर्ने बताएका छन्। यसबाहेक, साउदीले स्थानीय उद्योग एवं व्यापारीहरुलाई टर्कीसँग व्यापार नगर्न दबाद दिन थालेको छ। टर्कीको उत्पादन बोकेका कयौं ट्रकहरु साउदीले नियन्त्रणमा लिएका घटनाहरु समेत सार्वजनिक भइरहेका छन्। यी लगायत साउदीका विभिन्न अनौपचारीक कदमले टर्कीलाई बहिष्कार गर्न थालेको पुष्टि गर्छ। हालैमात्र साउदीले टर्कीबाट उच्च श्रेणीका कामदाहरु ल्याउने सम्झौतासमेत रद्द गरिसकेको छ।

यो खुलस्त छ कि विश्व व्यापार संगठनको अनुमतिबीना साउदीले टर्कीमाथि प्रतिबन्ध लगाउन सक्दैन्। तर टर्कीले भने अनौपचारिक बहिष्कारकाविरुद्ध क्षतिपूर्तीकालागि विश्व व्यापार संगठनमा ढोका ढकढक्याउने देखिएको छ। खासमा टर्कीविरुद्ध साउदीको अनौपचारिक बहिष्कार राजकुमार फैसल बिन बन्दर बिन अब्दुलाजिजले सुरु गरेका थिए। उनले गत वर्ष टर्कीको कफि पिउन अस्विकार गरेका थिए। “जबसम्म टर्कीले साउदी नीतिमा पुनरावलोकन गर्दैन तबसम्म टर्कीका सबै कुरा बहिष्कार गर्नुपर्छ” उनले भनेका थिए।

इजिप्टले समेत गत सेप्टम्बरमा अरब लिगको बैठकमा टर्कीविरुद्ध अरब विश्वलाई एकजुट गर्न आवाज उठाएको थियो। अरब लिगमा सहभागी विदेशमन्त्रीहरुले टर्कीले अरबका मामिलालाई हस्तक्षेप गर्दै आएको आरोप लगाएका थिए। उनीहरुले सिरिया, लिबिया र इराकमा टर्कीको सैन्य गतिविधिले अरब क्षेत्रको शान्ति, सुरक्षा र स्थितरतालाई खलल पुर्‍याइरहेको भन्दै रोक्न आग्रह गरेका थिए।

कोरोना भाइरसको माहामारी अघि नै टर्कीले सन् २०१८ देखि आर्थिक संकट खेप्दै आएको छ। चालु आर्थिक वर्षमा टर्कीको लिरा विश्वकै सबैभन्दा कमजोर मुद्रा बनेको थियो। लिरा २२ प्रतिशतले खुम्चिएर टर्कीको विदेशी मुद्रा सञ्चयमा समेत गम्भीर धक्का लागेको छ। यस्तो अनिश्चित अवस्थामा, अरब विश्वबाट बहिष्कारमा पर्न जाँदा टर्कीलाई ठूलो आर्थिक संकट पर्न जाने देखिन्छ।

साउदीको अनौपचारिक बहिष्कारले मात्रै पनि टर्कीको अर्थतन्त्रमा धक्का लाग्न थालेको छ। चालु आर्थिक वर्षको ७ महिनामा टर्कीको निर्यात ९० बिलियन डलर मात्रै रहेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा करिब १३.७ प्रतिशतले कमी हो।

अरब विश्व र टर्कीकोबीचको सबैभन्दा ठूलो विवादको विषय भनेको टर्कीले पाकिस्तान र मलेसियासँग मिलेर भिन्न गुटहरु बनाउनु नै हो। यसले साउदीलाई अरबको डिफ्याक्टो लिडर हुनबाट रोक्न एवं इस्लामीक संगठनलाई खतरामा राख्न सक्ने देखिन्छ।

यसबाहेक एर्दोनगनको विदेश नीति अरब विश्वको भन्दा ठ्याक्कै उल्टो छ।  टर्कीले सिरियामा विपक्षीलाई र लिबियामा संयुक्त राष्ट्र संघको सर्मथित सरकारलाई समर्थन गर्दे आएको छ।

उता, अरब विश्वले भने, सिरियामा असादको शासन र लिबियामा मार्शल खलिफा हफ्तरलाई समर्थन गर्ने गरेको छ। प्रमुख भुराजनीतिक मुद्दामा समेत टर्कीले अरबिय क्षेत्रको सुरक्षालाई खतरामा राख्ने किसिमका कदम चालेको छ। यसैकारण पनि अरबले टर्कीका हरेक कदमको अब पूर्ण बहिष्कार थालेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ