arrow

सभामुखको आडमा फरार रहँदै आएका रमेश बैकिङ कसुरमा पक्राउ 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज १९ सोमबार
arrest-final.jpeg

काठमाडौं। पाटन उच्च अदालतले २०७६ मंसिर १६ गते १५ लाख जरिवाना सहित जेल सजाँय सुनाईएका सिन्धुपाल्चोक चौतारा सागाचोकगढी नगरपालिका वडा नं ४ कुविन्डे निवासी रमेश सापकोटालाई बैकिङ कसुर गरेको अभियोगमा प्रहरी निरीक्षक रमेश लामाको टोलीले यही असोज १४ गते पक्राउ गरेको छ ।

सभामुख अग्नि सापकोटाका भाई पर्ने रमेशलाई राजनीतिक आडमा सिन्धुपाल्चोक प्रहरीले हालसम्म पक्राउ गर्न सकेको थिएन । अहिले पनि उनलाई जेलमुक्त गर्न सभामुख सापकोटा र उनका भतिज नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा "सुवोध" लागिपरेको नेकपाकै एक जिल्ला नेताले बताएका छन् ।

खानी निर्माण सेवाका प्रोपाईटर रत्न गौतमको बैनी ज्वाइँ पर्ने रमेश सापकोटाले विद्यालय र सडक निर्माण जस्ता विकास निर्माणका कामहरुमा मापदण्ड अनुसार काम नगरेको र कामदार तथा श्रमिकहरुलाई भुक्तानी नदिएको स्थानीय जनगुनासो रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ