arrow

नगरप्रमुखलाई कोरोना पुष्टि भएसँगै नगरपालिका चार दिनका लागि बन्द

logo
प्रकाशित २०७७ असोज २० मंगलबार
Damak_Nagarpalika.png

झापा । झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण पुष्टि  भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई सङ्क्रमण पुष्टि भएको हो । 

उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ । ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए । 

नगरप्रमुखसहित एक वडाध्यक्षलाई  सङ्क्रमण पुष्टि भएपछि नगरपालिका मंगलबारदेखि ४ दिनका लागि बन्द गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ