arrow

एनजीओकर्मीको शंकास्पद मृत्यु, बाटोमा भेटिएका थिए बेहोस

logo
प्रकाशित २०७७ असोज २० मंगलबार
khadka7.jpg

डोटी । बेहोस अवस्थामा फेला परेका एनजीओकर्मी विनोद खड्काको निधन भएको छ । कार्यक्षेत्रमा जादै गर्दा बेहोस अवस्थामा फेला परेका खड्काको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

आदर्श गाउँपालिका वडा नं. १ बाँझ घर भएका खड्का मंगलबार बिहान बडिकेदार गाउँपालिका वडा नं.१ विपि नगरबाट साढे दुई किलोमिटर अगाडी गोलेचौडमा बेहोस अवस्थामा फेला परेका थिए । 

प्रहरीका अनुसार घटना स्थलबाट सवा ८ बजे उद्धार गरेर विपिनगर स्वास्थ्य चौकीमा ल्याउँदा खड्का बेहोस अवस्थामा रहेकाले त्यहाँ उपचार सम्भव नभएपछि उनलाई गाउँपालिकाको एम्वुलेनसमा धनगढी पठाईएको थियो ।

मृतक खड्का केदार ग्रामिण विकास समाज नेपालले सहजिकरण गरिरहेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत थिए । विपिनगरबाट गाउँपालिकाको कार्यालय तिर मंगलबार बिहान ५ बजे मोटरसाइकलमा हिडेका खड्कालाई गाउँपालिकाका कर्मचारी तिलम साउँदले बिहान ८ बजे मात्रै बाटोमा बेहोस अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय विपिनगरका इन्चार्ज ईन्सपेक्टर लाल बहादुर ऐरले जानकारी दिए ।

खड्का सवार से ५ प २६३१ नम्बरको मोटरसाइकल सडकमा ढलेको अवस्थामा फेला परेको छ । मोटरसाइकलनमा कुनै पनि क्षेती नभएको र खड्काको शरिरमा चोट पटक समेत नदेखिएको इन्सपेक्टर ऐरले बताए । घटना के कति कारणले भएको हो भन्ने बारे अनुसनधान पछि मात्रै भन्न सकिने उनले बताए ।

मृतक खड्को शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटी ल्याउदै गरेको आफन्तले जनाएका छन् । एनजीओकर्मीहरुले घटना शंकास्पद भएकाले घटनाको गहिरो छानविन हुनुपर्ने माग राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ