arrow

नारायणी किनारबाट १७ क्विन्टल मटर बरामद

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ असोज २० मंगलबार
matar.jpg

नवलपरासी । नवलपरासी पश्चिमको ईलाका प्रहरी कार्यालय बेलाटारीले क्यानेडियन मटर (केराउ) बरामद गरेको छ । मध्य राति ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डे र प्रहरी चौकी रामनगरका इन्चार्ज जनक थापाको संयुक्त गस्ती टोलीले रातीको करिब साढे १२ बजेको समयमा सुस्ता ५ पक्लिहवाको ठोक्कर नं २ स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा राखिएको १७ क्युन्टल क्यानेडियन मटर (केराउ) गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

 लामाको अनुसार प्रहरीले गस्ती गर्ने क्रममा नारायणी नदिको किनारमा पुग्दा बोरा जस्तो देखिएपछि नजिक पुगेर हेर्दा मटर (केराउ) रहेको र प्रहरीको गाडी देखेर तस्कर भागेको हुन सक्ने अनुमान प्रहरीले  गरेको छ ।

बरामद भएको मटर (केराउ) आवश्यक कामकारबाहीको लागी भन्सार कार्यालय महेशपुर पठाउने तयारी भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए । जिल्लामा मटर तस्करी भइरहेको जन गुनासो बढेपछि प्रहरी सक्रिय भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ