arrow

समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
Tanahun_District.png

दमौली । तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले बुधबारदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षासम्बन्धी बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरकार्यपालिकाको कार्यालयबाट कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य तथा सुरक्षासम्बन्धी कार्यबाहेक सम्पूर्ण कार्य र सबै वडा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य, सुरक्षाबाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न, सम्पूर्ण सङ्घसंस्था, कार्यालय बन्द गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । 

भीमाद नगरपालिका–६ मा मङ्गलबार ३८, २०, १८ र ३७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको थियो । यसअगाडि सोही वडाकै एक व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले समुदायस्तरका व्यक्तिको स्वाब सङ्कलन गरेको थियो । 

कोरोना पुष्टि हुनेमध्ये एक वर्कसप, एक कपाल काट्ने व्यक्ति, एक सिलाइकटाई व्यवसायी र एक जना किराना पसल व्यवसायी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ