arrow

रेयर अर्थ मेटल्सको विश्व बजारमा अमेरिकी कदम

ट्रम्पद्वारा खानी उद्योगमा राष्ट्रिय आपतकाल घोषणा गर्ने निर्देशनमा हस्ताक्षर

logo
एजेन्सी,
प्रकाशित २०७७ असोज २१ बुधबार
rare-earth-mineral.jpg

काठमाडौं। अमेरिकाको ८० प्रतिशत दुर्लभ धातु आपूर्तीमा चीनको कब्जा रहेका कुरामा ट्रम्प प्रशासनले आँखा खोलेको छ। अब पेन्टागनले सधैंका लागि यसलाई समाप्त गर्ने तयारी थालेको छ। दुर्लभ धातु अर्थात रेयर अर्थ मेट्ल्स १७ वटा तत्वहरुको समुह हो जुन, रक्षा सम्बन्धी हतियार, मिसाइल, हाइपरसोनिक मिसाइल, रेडिएसन हार्डनिंग इलेक्ट्रोनिक्स र अन्य मोबाइलजन्य उत्पादनका लागि प्रयोग हुने गर्छ।

वाल्टर रेड अस्पतालमा भर्ना हुनुअघि ट्रम्पले खानी उद्योगमा राष्ट्रिय आपतकाल घोषणा गर्ने एक कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन्। जसले रेयर अर्थ मेटल्सको घरेलु उत्पादनलाई बढावा दिने छ। हस्ताक्षरसँगै ट्रम्पले क्याबिनेट सेक्रेटरीहरुलाई यस विषयमा अध्ययन गर्न आदेश दिएका छन्। रेयर अर्थ मेटल्स उत्पादन उपकरणका लागि सरकारी अनुदान, ट्यारिफ, कोटा या चीनविरुद्ध आयात प्रतिबन्ध लगाउने कुरामा समेत अध्ययन गर्न निर्देशन दिएका छन्।

ट्रम्पले हस्ताक्षर गरेको आदेशमा भनिएको छ, महत्वपूर्ण खनिजमा अनावश्यक निर्भरताले अमेरिकाको राष्ट्रिय सुरक्षा, नीति र अर्थव्यवस्थामा असर गर्छ साथै यो एक असाधारण खतरा हो। ट्रम्प प्रशासनले यसअघि नै ३५ वटा धातुहरु आवश्यक रहेको र तिनीहरुको आपूर्तीमा अवरोध हुनसक्ने सम्भावना रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो।

अमेरिकाले ८० प्रतिशत यस्ता तत्वहरु प्रत्यक्षरुपमा चीनबाट आयात गर्छ भने बाँकी पनि अप्रत्यक्षरुपमा चीनबाटै आयात गर्छ। पेन्टागनका शिर्ष अधिग्रहण अधिकारी एलेन लर्डले सांसदहरुलाई दुर्लभ धातुमा आत्मनिर्भर हुने रणनीतिको विकासमा सहयोग गर्न आह्वान गरेको छ।

उनले भनेका छन्, “अमेरिकामा कांग्रेसको प्राधिकरण र विनियोजनमा रेयर अर्थ मेटल्सको उत्पादन, पुर्नस्थापना तथा नयाँ प्रोत्साहन कार्यान्वयन गर्न र पुराना हटाउन आवश्यक छ। दुर्लभ धातुहरुलाई नयाँ किसिमले अन्वषेण गर्नका लागि अनुसन्धान र विकास गर्न जरुरी रहेको छ।”

त्यस्तै सबकमिटि अध्यक्ष सेन डान सुलिवान आर आलास्काले रेयर अर्थ मेटल्समाथि चिनियाँ परनिर्भरता अपमानजनक रहेको बताएका छन्। उनले सन् २०१० मा चीनले जापानलाई यस्ता धातुको निर्यातमा कटौति गर्दै विश्वको आफुमाथिको निर्भरता र सुरक्षा खतरालाई देखाएको उदाहरण दिएका छन्।

यसबाहेक लर्डले कोरोना भाइरसको माहामारीले अमेरिकीहरुलाई स्थानीय सप्लाईको महत्व बुझाएको बताएका छन्। उनले रेयर अर्थ मेटल्सको राष्ट्रिय भण्डारणका लागि सरकार नयाँ बाटोमा लागेको बताएका छन्।

यसबाहेक अमेरिकाले दुर्लभ धातुहरुको निर्भरताका लागि यसअघि नै कदम चालेको र अहिले कार्यकारी निर्देशनमा नै हस्ताक्षर भइसकेपछि यो प्रकृया द्रुत गतिमा अघि बढ्ने बताएका छन्।

त्यस्तै पेन्टागनले संसदलाई वैधानिक प्रपोजल पठाएको छ। जसले रक्षा क्षेत्रमा खर्च बढाउनका लागि अनुरोध गरेको छ। जसअनुसार बारुद, मिसाइल र रेयर अर्थ मेटल्सको प्रयोग बढाउनका लागि १.७५ बिलियन र माइक्रो इललेक्ट्रोनिक्सका लागि ३ सय ५० मिलियन खर्च गर्नका लागि भनेको छ।

त्यसपछि अप्रिलमा अमेरिकी सरकारले दुर्लभ धातुहरुको पृथकीकरण र एफ ३५ फाइटर जेटमा प्रयोग हुने नियोडियमियम म्याग्नेटका लागि ठेक्का प्रदान गरेको छ।
दुर्लभ अर्थ मेटल्स सशस्त्र गाडी, सटिक निर्देशित हतियार, ब्याट्री र राति प्रयोग हुने गगल्स बनाउँनका लागि समेत प्रयोग हुने गर्छन्।

वर्तमान कानुन अनुसार रक्षा विभागले ५० मिलियनभन्दा बढी खर्च गर्न सक्दैन । तर, पेन्टागनले अघि सारेको प्रस्तावले ३ सय ५० मिलियनसम्म खर्च गर्न दिनेछ।
नाम दुर्लभ भए पनि रेयर अर्थ मेटल्स पृथ्वीमा प्रसस्तमात्रामा रहेका छन्। यद्यपी यसको उत्खन्न महँगो, हानिकार र पर्यावरणलाई हानी पुर्‍याउँने किसिमको हुन्छ। जस कारण रेयर अर्थ मेटल्सको उत्पादन कठिन हुनेगर्छ।

चीनले भने वर्षौसम्म श्रम शोषण गरेर र पर्यावरण सम्बन्धी कानुनहरु मिचेर विश्वबजारमा आफुलाई स्थापित गरेको हो। अहिले चीनले कुल उत्पादनको ९० प्रतिशत नियन्त्रण गर्छ।

चीनको भन्सार विभागका अनुसार सन् २०१९ मा चीनले ४५ हजार ५ सय ५२ मेट्रिक टन रेयर अर्थ मेटल्स निर्यात गरेको थियो। जुन चाहि ३ सय ९८ मिलियन अमेरिकी डलर बराबर हुनजान्छ।

यो निर्यातको ठुलो मात्रा विश्वका ठुला अर्थतन्त्र भएको देशमा हुने गर्छ। जसको ३६ प्रतिशत जापान, ३३.४ प्रतिशत अमेरिका, ९.६ प्रतिशत नेदरल्याण्ड, ५.४ दक्षिण कोरिया, ३.५ इटालीले आयात गरेको थियो।

यसरी रेयर अर्थ मेटल्सको विश्वबजारमा चिनियाँ नियन्त्रण हुनुको प्रमु्ख कारण चीनले वर्षौसम्म औद्योगिक नीति र कानुको धज्जी उडाउँदा सम्भव भएको हो।
पछिल्ला वर्षहरुमा मात्रै बेइजिङले पर्यावरण र अन्य वैधानिक प्रकृया अनुरुप रेयर अर्थ मेटल्सका उद्योगहरुलाई अघि सार्ने तयारी गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ