arrow

दुई जनप्रतिनिधि सहित जाजरकोटका तीन दर्जन नेकपाका कार्यकर्ता कांग्रेसमा, राजीव शाहले गरे स्वागत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २२ बिहिबार
rajiv-shaha-jajarkot-party-.jpg

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा नेकपाबाट निर्वाचित दुई जना जनप्रतिनिधि सहित तीन दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार शिवालय ५ थालारैकरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा तत्कालिन नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा बिजयी दुई जना वडा सदस्य सहित ३ दर्जनबढी स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन ।

वडा नम्बर ५ का वडा सदस्य कर्णबहादुर खत्री र अर्का वडा नैनसरा बिक लगायत नेपाली कांग्रेसमा प्रवेश गरे । यस्तै नेकपाका वडा सचिव शेरबहादुर खत्री, कर्ण बिक, युवा संघका नेता डिलबहादुर खत्री, डिलबहादुर क्षेत्री, गणेश शाही, केशवप्रसाद रेग्मी, धन खत्री, वीरबहादुर खत्री, जय बहादुर नेपाली, वसन्त खत्री, देवबहादुर शाही, खगिसरा खत्री, प्रेमबहादुर शाही, मंगल खत्री, गजबहादुर पाइजामगर, भरत शाही, हेमन्तबहादुर शाही लगायत पनि कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई पूर्व सभासद एवं नेपाली कांग्रेसका नेता राजीवविक्रम शाहले पार्टी सदस्यता दिएर स्वागत गरे । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस जाजरकोटका सचिव खडक बिसी, युवा नेता शेरबहादुर शाही, जनक शाही, जसबीर ओली, भक्त बहादुर थापा, कृष्ण बहादुर शाही, वडा सभापति भक्तबहादुर शाही लगायतले नवप्रवेशीहरुलाई माला अविर लगाएर स्वागत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ