arrow

डा. केसीको सत्याग्रहमा नागरिक समाज डोटीको एक्यवद्धता, सम्बोधन गर्न माग गर्दै ध्यानाकर्षण पत्र

logo
प्रकाश बम,
प्रकाशित २०७७ असोज २२ बिहिबार
doti-yekyabadhata.PNG

 डोटी ।  स्वास्थ्य क्षेत्र र चिकित्सा शिक्षामा सुधार तथा परिवर्तनका निम्ति पटक–पटक अनसन बसेका डा केसीको मागप्रति नागरिक समाज डोटीले एक्यवद्धता जनाएको छ ।  

बिहीबार बसेको नागरिक समाज डोटीको बैठकले डाक्टर के.सी.को मागको यथाशक्य सम्बोधन  गर्नका लागी जिल्ला प्रशासन कार्यालय डोटी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाइएको नागरिक समाज डोटीका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ डोटीका योगेन्द्र बलायरले बताए ।

ध्यानाकर्षण  पत्रमा भनीएको छ,'सरकारका तर्फबाट गठन गरिएको बार्ता टोलीले सार्थक बार्ता गर्न सकोस् भनेर सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदछौ । डा.केसीले उठाएका विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उनको जीवन रक्षाको लागि पहल गर्न सरकार समक्ष आम डोटेलिको तर्फबाट जोडदार माग गर्दछौं ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।' 

स्वास्थ्य शिक्षाको गुणस्तर सुधारका लागी डा.केसीले १९ औँ पटक अनसन बसेका छन्  । १९ औँ पटक अनसन बसेको बिहिबार २५ औँ दिन पुरा भएको छ ।  यस पटक पनि वार्ताका लागी सरकारले टोली गठन गरेको छ । सरकारी टोली र डा. केसीका प्रतिनिधिबिच भएको वार्ता केही समयका लागि स्थगित भएको  छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहिवार  बिहान साढे दश बजेदेखि जारी वार्ता फेरि बस्नेगरी स्थागित भएको हो। 

त्यस्तै बिहीबार जिल्ला अस्पताल डोटीका चिकित्सक तथा स्वास्थकर्मिहरुले  चिकित्सा शिक्षामा सुधार लागि अनसनरत डाक्टर केसिका मागको एक्यवद्धता जनाएका छन् । बिहान ९ बजे देखि ११ बजेसम्म हातमा कालो पट्टि बाधेको बताउदै बिहीबार आकस्मिक र कोभीडका बिरामी बाहेकका सेवा बन्द गरिएको डा.सोहन शाहले बताए । 

तत्काल बार्ता नगेर चिकित्सक र स्वास्थ कर्मीहरु थप कडा आन्दोलनमा उत्रन बाध्य हुने डाक्टर शाहले बताए । स्वास्थकर्मिको आन्दोलनलाई नागरिक समाज डोटीले पनि एक्यवद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ