arrow

गिरिजा बाबुका गृहनगरका आशा लाग्दा युवा, कांग्रेस सभापतिको प्रत्याशी

logo
प्रकाशित २०७७ असोज २२ बिहिबार
mukti-prsad-neupane.PNG

उर्लाबारी । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै स्थानीय राजनीतिमा उदाएका मुक्तिप्रकाश न्यौपाने मोरङं उर्लाबारीका जुझारु यूवा हुन् ।  आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने न्यौपाने नेपाली कांग्रेसको आधारभूमि मानिने मोरगंमा नेपाल विद्यार्थी संघको निर्वाचित अध्यक्ष रहिसकेका छन् ।

उनलाई भविष्यमा मुलुककै ऐतिहासिक पार्टी नेपाली कांग्रेस उर्लाबारीको नगर सभापतिको रुपमा हेरिएको छ । यतिबेला उनी स्थानीयस्तरको सामाजिक कार्यमा खरो उत्रिएका छन् । खासगरी लकडाउनको मारमा परेका विपन्न मानिसलाई राहत उपलब्ध गराएर सह्रानीय कार्य गरिरहेका छन्।

स्थानीय मंगलबारे यूवा क्लबमार्फत उनी दीनदुःखीको सहयोगमा जुटेका हुन् । मुक्तिप्रकाश न्यौपानेको सक्रियताले कतिपयलाई जलन भएको पाइन्छ । खासगरी पार्टीभित्रकै इतर पक्षले उनीलगायत मंगलबारे यूवा क्लबको आलोचना गर्ने, राहत वितरणमा अवरोध गर्ने दुश्प्रयास नगरेका भने हैनन् । सबै बाधालाई पन्छाउदै न्यौपाने निरन्तर अघि बढिरहेका छन्। 

तपाईले चुनाव जित्न समाजसेवाको नाटक गरेको आरोप पनि छ नि ? भन्ने प्रश्नमा न्यौपाने भन्छन्–‘यहाँ भन्दा हाँस्यास्पद के हुन्छ ! पार्टीको चुनाबमा क्रियाशिल सदस्यले मतदान गर्ने हो । जबकी कांग्रेसका क्रियाशिल सदस्यले मंगलबारे यूवा क्लबबाट सायदै राहत थापेका छन् ।’ कुनै सामाजिक संस्थाका गतिविधिको विरोध गर्नु संवैधानिक दायित्व भएपनि साथीहरुका आरोप हेर्दा उनीहरु सिर्जनाको राजनीति गर्न असफल त थिए नै, विरोधको राजनीति गर्न पनि सक्षम रहेनछन् भन्ने पुष्टि भएको न्यौपानेको भनाइ छ ।
 
उनी भन्छन्–‘कुनै आधार, तर्क र तुकभन्दा पनि हावादारी र असान्दर्भिक बखेडा झिकेर उर्लाबारी नगरपालिकाले समेत क्लबको गतिविधिमा रोक लगाउन खोज्नुले जनप्रतिनिधिले समेत आफ्नो सान्दर्भिकता क्रमशः गुमाउँदै गएको प्रस्ट हुन्छ ।’  तत्त्कालिन राजघाट गाविस । जहाँ कांग्रेसलाई सिला खोजेझै खोज्नुपथ्र्यो । वामवर्चश्व रहेको सिंगो गाविसमै विश्वनाथ न्यौपानेका परिवार सत्तिसालझै ठिंग उभिएका थिए । 

जननायक वीपी कोइरालाबाट प्रभावित र दीक्षित विश्वनाथ न्यौपानकै समर्पण र संघर्षको जगमा आज पूर्वी मोरङको कांग्रेस आइपुगेको हो । तिनै विश्वनाथ न्यौपानेका छोरा हुन्, मुक्तिप्रकाश । बाबुको विरासत नै सहि मुक्तिप्रकाशको राजनीतिक लगानीलाई पनि कम आँक्न मिल्दैन । विद्यार्थी राजनीतिबाट उदाएका मुक्तिप्रकाशले पार्टीकै लागि अनेक भुक्तमान व्यहोरेका छन् । 

मण्डलेदेखि अनेरास्ववियुसम्मको शारीरिक आक्रमण झेलेका छन् । आज पार्टीमा ‘चैते कांग्रेसी’को दबदबा रहँदा आफुलाई लज्जा हुने गरेको उन सुनाउछन् । वीपीले भनेझै– देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिला, चिल्ला गाडी चढ्नेहरूको पार्टीभित्र हावी हुनेछ। त्यसविरुद्ध आमकार्यकर्ताले फेरि एकचोटि संघर्ष गर्नुपर्ने हुन्छ। यहि वाणिलाई मन,बचन र कर्मले आत्मसात गर्दै अघि बढ्ने प्रण गरेको न्यौपाने बताउनुहुन्छ । हाल असहाय र विपन्नको सेवामा दिनरात नभनी खटिरहेका उनै संघर्षशील यूवा मुक्तिप्रकाश न्यौपाने नेपाली कांग्रेस उर्लाबारीको सभापति पदमा प्रत्यासी बन्ने भएका छन्।

नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशन नजिकिंदै गर्दा उर्लाबारीको नेतृत्वका लागि न्यौपानेको चर्चा सुरु भएको छ । नगर सभापतिमा आधा दर्जन व्यक्तिको नाम चर्चामा आएपनि न्यौपाने बलिया उम्मेदवारको रूपमा कांग्रेसवृत्तमा चर्चा भइरहेको छ । सबैसंग सहजै घुलमिल हुन सक्ने, विकाशप्रेमी जस्ता छविले पनि उनलाई यसपालीनगर सभापतिको बलियो उम्मेदवार बनाएको हो । गाउँ तथा नगर अधिवेशनमै आफ्नो पकड जमाउन गुटगत अभ्यास सुरु भइसकेका कारण गाउँ अधिवेशनमा पनि विभिन्न खेमा हुने करिब निश्चित प्रायः छ । न्यौपाने भने चुनाव भने चुनाव सहि, सर्वसम्मत भए सर्वसम्मत नै आफु नेतृत्वमा आउने बताउछन् । 

उनले भने –पदका लागि अन्यत्र मारामार भएपनि उर्लाबारीमा एकताको सन्देश दिने, गुटबन्दिरहित पार्टीको निर्माण गर्ने पहलकदमी गर्ने छु । यस्तै, सिङ्गो उर्लाबारीमा नेपाली कांग्रेसलाई भविश्यसम्म सुदृढ बनाउन, केन्द्र र प्रदेशमा तहमा जसरी कांग्रेसले हार व्यहोरेको छ, आगामी दिनमा त्यस्तो क्षति हुन नदिनपनि मेरो उम्मेद्वारी हो’–न्यौपानेले दृढता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ