arrow

गाउँपालिका अध्यक्षलाई कोरोना, सिन्धुपाल्चोक जिप्रका सोमबारसम्मका लागि बन्द

logo
प्रकाशित २०७७ असोज २२ बिहिबार
Sindhupalchok-hamrakura.jpg.jpeg

सिन्धुपाल्चोक । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहेका उनलाई आज  संक्रमण पुष्टि भएको हो।

उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका छन्। उनले लेखेका छन् “अहिले म  होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा मेरो सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु होला । ” 
 
जिल्ला प्रशासन कार्यालयको सेवा अगामी सोमबारसम्मका  लागि बन्द गरिएको छ ।  कार्यालयका कर्मचारीको परिवारमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रशासकीय अधिकृत सुनिता पहरीले  जानकारी दिइन् ।

 जिल्लामा हालसम्म २ सय जनामा कोरोना संक्रण पुष्टि भएको छ  । ती मध्ये १ सय २१ जना निको भएर फर्किएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ