arrow

काँग्रेस नेताको भीरबाट लडेर मृत्यु

logo
प्रेम रौले,
प्रकाशित २०७३ जेठ १६ आइतबार
ram-sunar.jpg.jpeg
बाजुरा । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य राम बहादुर सुनारको भीर बाट लडेर मृत्यु भएको छ । तोली गाविसको खारखोलामा शनिबार राती लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोही गाविस ३ बस्ने ३६ वर्षका जपेन्द्र बहादुर शाही घाइते भएका छन् ।
 
मृतक सुनारलाई तोली स्वास्थ्य चौकीमा उपचारका लागि ल्याउनेक्रममा बीच बाटोमा मृत्यु भएकोे बताइएको छ, भने घाइते शाहीको टाउकोमा चोट र बाँया हात भाचिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक दल बहादुर बोगटीले जानकारी दिए । उनको मृत्यु के कसरी भयो त्यो बारेमा अनुसन्धान भइरहेको बताएका छन् ।
 
कार्यालयका अनुसार मृतकको पोष्टमार्टम का लागि जिल्ला सदरमुका ल्याइने भएको छ । घाइते शाहीको अछाम बयालपाटा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मृतक सुनार नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य तथा दलित नेटवर्कका अध्यक्ष तथा दलित अधिकारका लागि लड्दै आएका थिए । तोली गाविसमा–१ मा जन्मेका सुनार शनिबार राती भिर बाट लडेर मृत्यु भएको खबरले जिल्लाले नै दुःख व्यक्त गरेको छ । 
 
सुनारको निधन भएको खबरले देश तथा विदेशमा रहेका शुभचिन्तकहरुले फेसुबुक मार्फत गहिरो समवेदना प्रकट गरेका छन्,भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । मृतक सुनारका ४ छोरा छोरी र श्रीमती साहारा विहिन भएका छन् । सुनारको निधन भएपछि नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुरा शोकमा डुबेको पार्टीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ